Auto
राति ८ देखि ११ बजेसम्म काठमाडौँ उपत्यकामा नाइट बस सञ्चालन
- काठमाडौँ, बैशाख १
काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु भएको छ।
साझा यातायात ले राति ८ बजेदेखि ११ बजेसम्म दुई प्रमुख रुटमा बस सञ्चालनमा ल्याएको हो।
पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म तथा उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ।
प्रारम्भिक चरणमा ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ भने विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ। यात्रु सुरक्षालाई ध्यानमा राख्दै बसमा सीसीटीभी जडान गरिएको छ र नगर प्रहरी परिचालन गरिएको छ।
साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत यात्रुले बसको अवस्थिति सजिलै ट्र्याक गर्न सक्नेछन्।


Auto
पल्सर एनएस ४०० जेड अब ३४९ सीसी इन्जिनमा
नेपाली सडकमा युवाहरूको पहिलो रोजाइ बन्न सफल ‘पल्सर’ सिरिजमा बजाजले अर्को एउटा शक्तिशाली अध्याय थपेको छ। बजाज अटोले आफ्नो अहिलेसम्मकै ठूलो पल्सरको रूपमा बजाज पल्सर NS400Z सार्वजनिक गरेको हो, जसले पर्फर्मेन्स र प्रविधिको नयाँ मापदण्ड सेट गर्ने अपेक्षा गरिएको छ।
नयाँ पल्सर NS400Z मा ३४९ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ। यो इन्जिन बजाजको चर्चित टुरर बाइक डोमिनार ४०० सँग मिल्दोजुल्दो छ। यद्यपि, अघिल्लो संस्करणको तुलनामा यसको पावर र टर्कमा केही सामान्य गिरावट देखिए पनि कम्पनीले यसको इन्जिन संरचनामा सुधार गरी पहिलेभन्दा अझ प्रभावकारी र ‘रिफाइन्ड’ बनाएको दाबी गरेको छ। यसले चालकलाई सहरका चिल्ला सडकदेखि राजमार्गसम्म सहज यात्राको अनुभव गराउनेछ।
बजाजले यस पटक बाइकको बाहिरी डिजाइन (लुक्स) मा भने ठूलो प्रयोग गरेको छैन। यो बाइक पुरानै चिरपरिचित प्लेटफर्ममा आधारित छ। तर, यात्रालाई आरामदायी बनाउन यसमा ‘अप-साइड डाउन’ (USD) फ्रन्ट फोर्क्स र पछाडि ‘मोनोशक सस्पेन्सन’ दिइएको छ। यसका साथै आकर्षक अलोय ह्विलले बाइकलाई स्पोर्टी लुक्स दिएको छ।
सुरक्षाका लागि यसमा अगाडि ३२० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक जडान गरिएको छ, जसमा ‘ड्युअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम’ (ABS) उपलब्ध छ। उच्च गतिमा पनि बाइकलाई सुरक्षित रूपमा रोक्न यसले मद्दत गर्दछ।
यो बाइकलाई खास बनाउने यसका आधुनिक फिचर्स हुन्। यसमा ‘राइड बाई वायर’ सिस्टम, फरक-फरक ‘राइडिङ मोड्स’, सहज गियर परिवर्तनका लागि ‘क्विकशिफ्टर’ र चिप्लो सडकमा चिप्लिनबाट जोगाउने ‘ट्र्याक्सन कन्ट्रोल’ जस्ता प्रविधि समावेश छन्। साथै, यसको नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरले बाइकलाई पूर्ण रूपमा ‘टेक्नोलोजी फोकस्ड’ बनाएको छ।
बजाजको यो नयाँ प्रयासले पल्सर प्रेमीहरूलाई प्रिमियम अनुभव दिने निश्चित छ। पुरानो भरोसा र नयाँ प्रविधिको यो संगमले नेपाली बजारमा कस्तो प्रभाव पार्नेछ, त्यो भने हेर्न बाँकी नै छ।
Auto
नेपाली सडकमा रोयल इन्फिल्ड ‘गोवन क्लासिक ३५०’ को आगमन (तस्विरहरु)
नेपाली सडकमा रोयल इन्फिल्डको उपस्थिति केवल दुई पाङ्ग्रे सवारीको सीमामा अडिँदैन, यसले समयसँगै निर्माण भएको एउटा जीवनशैली र पहिचान बोकेको छ।
यही विरासतलाई निरन्तरता दिँदै आधुनिकताको नयाँ स्वाद थप्ने प्रयासस्वरूप भर्खरै नेपाली बजारमा आएको रोयल इन्फिल्ड गोवन क्लासिक ३५० अहिले विशेषगरी युवा पुस्तामाझ आकर्षणको केन्द्र बन्दै गएको छ।
परम्परागत डिजाइनलाई आधुनिक सौन्दर्यसँग मिसाउने प्रयास यसको पहिलो विशेषता हो। ‘बबर’ शैलीमा तयार गरिएको यो बाइकले गोवाको स्वतन्त्र र रंगीन जीवनशैलीलाई झल्काउने गरी बनावट पाएको छ। एल्युमिनियम फिनिशको ‘ह्वाइट वाल टायर’, आकर्षक कलर स्किम र फरक देखिने प्रोफाइलले यसलाई भीडबाट अलग पहिचान दिन्छ।
स्पोक ह्विलमा ट्युबलेस टायरको प्रयोगले परम्परागत संरचनाभित्रै आधुनिक सुविधा समेटिएको संकेत गर्छ। नेपालजस्तो भौगोलिक विविधता भएको देशमा बाइकको मूल्यांकन केवल लुक्सले मात्र हुँदैन, यसको प्रदर्शन र व्यवहारिकताले पनि उत्तिकै अर्थ राख्छ। यही सन्दर्भमा हेर्दा, बीएस ६ एफआई इन्जिनले दिने स्थिर शक्ति र इन्धन दक्षता, उबडखाबड तथा घुमाउरा सडकका लागि उपयुक्त देखिन्छ। अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस जडान हुनु सुरक्षा पक्षमा गरिएको गम्भीर तयारी हो।
आरामदायी यात्राका लागि ७५० एमएम सिट हाइट र १७० एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषताले दैनिक आवागमनदेखि लामो दूरीका यात्रासम्म सहजता दिन्छन्। विशेषगरी, नेपाली सडकको असमान सतहमा बाइक नियन्त्रण र स्थायित्व कायम राख्न यी पक्ष महत्वपूर्ण मानिन्छन्।
प्रविधिको प्रयोगमा पनि यो बाइक पछाडि परेको छैन।
एलईडी हेडलाइट, डिजिटल–एनालग डिस्प्ले र ट्रिपर नेभिगेसन जस्ता सुविधाले परम्परागत लुक्सभित्र आधुनिक अनुभव दिने प्रयास गरिएको छ। साथै, युवापुस्ताको रोजाइलाई ध्यानमा राख्दै विभिन्न आकर्षक रंग विकल्प उपलब्ध गराइनु बजार रणनीतिको अर्को संकेत हो। मूल्यका हिसाबले हेर्दा, सिंगल टोन र डुअल टोन भेरियन्टबीचको सानो अन्तरले ग्राहकलाई रोजाइको स्वतन्त्रता दिन्छ।
कम्पनीले यसको मूल्य रङ्ग अनुसार दुई समूहमा विभाजन गरेको छ । ‘सैक ब्ल्याक’ र ‘पर्पल हेज’ रङ्गको मूल्य ५ लाख ९८ हजार रुपैयाँ तोकिएको छ भने ‘ट्रिप टिल’ र ‘रेभ रेड’ भेरियन्टको मूल्य ६ लाख २ हजार रुपैयाँ कायम गरिएको छ ।
यो सेग्मेन्टमा फरक शैली र पहिचान खोज्ने राइडरका लागि यो मोडल प्रतिस्पर्धात्मक विकल्प बन्न सक्ने देखिन्छ। यसरी हेर्दा, रोयल इन्फिल्ड गोवन क्लासिक ३५० केवल नयाँ उत्पादन मात्र नभई, परम्परा र आधुनिकताको संगमको एउटा प्रयास हो—जहाँ शैली, प्रदर्शन र पहिचान एकैसाथ अघि बढ्न खोजिरहेका छन्।









Auto
फक्सवागेनको ‘जेटा’ब्राण्ड ‘जेटा’ ब्राण्ड सार्वजनिक
विश्व चर्चित अटोमोबाइल कम्पनी फक्सवागेनले चीनलाई लक्षित गर्दै ‘जेटा’ नामक नयाँ ब्राण्डमार्फत सस्तो इलेक्ट्रिक गाडी (ईभी) बजारमा प्रवेश गर्ने तयारी गरेको छ। बेइजिङ अटो शोअघि सार्वजनिक गरिएको ‘जेटा एक्स कन्सेप्ट’ कम्पनीको नयाँ रणनीतिक कदमका रूपमा हेरिएको छ।
चीनको साझेदार FAW-Volkswagen सँग मिलेर सञ्चालन भइरहेको जेटा ब्राण्ड यसअघि बजेट पेट्रोल कारका लागि चिनिन्थ्यो। अब भने यो ब्राण्डलाई पूर्ण रूपमा न्यू इनर्जी भेहिकलतर्फ केन्द्रित गरिने कम्पनीले जनाएको छ।
जेटाले प्योर ईभी, हाइब्रिड र प्लग-इन हाइब्रिड गाडी उत्पादन गर्ने योजना बनाएको छ। सन् २०२८ सम्ममा पाँच नयाँ मोडल बजारमा ल्याउने लक्ष्य राखिएको छ, जसमा चार वटा इलेक्ट्रिक र एउटा पेट्रोल मोडल हुनेछ।
कम्पनीका अनुसार पहिलो इलेक्ट्रिक मोडलको मूल्य करिब १४ हजार ७०० अमेरिकी डलर रहनेछ, जसले सस्तो मूल्यमा ईभी उपलब्ध गराउने अपेक्षा गरिएको छ। वार्षिक ४ देखि ५ लाख युनिटसम्म बिक्री गर्ने लक्ष्य राखिएको छ।
हाल ‘एक्स कन्सेप्ट’ को मोटर, ब्याट्री र अन्य प्रविधिका विवरण सार्वजनिक गरिएको छैन। तर यस कदमले चीनमा बढ्दो प्रतिस्पर्धाबीच फक्सवागेनलाई बलियो बनाउने विश्वास गरिएको छ।
-
Auto3 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat4 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
Art4 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Auto3 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
Auto2 weeks agoविश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
-
Auto3 weeks agoरोयल एन्फिल्डको ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक
-
entertainment1 week agoफरक खालको नाटक ग्राण्ड रिहर्सल
-
lifestyle3 weeks agoतस्विरमा सिन्दुर जात्रा


You must be logged in to post a comment Login