Auto
भृकुटीमण्डपमा टिभीएसको ‘अचम्मैको डिल’ सुरु, एक्सचेन्जदेखि सजिलो फाइनान्ससम्मका आकर्षक अफर
काठमाडौं । टिभीएस दुईपाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘टिभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ नामक विशेष मेगा इभेन्ट सुरु गरेको छ।
जेठ १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने सातदिने यस इभेन्टमार्फत ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभीएस सवारी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार इभेन्टको मुख्य आकर्षण एक्सचेन्ज योजना हो, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारीको आकर्षक ‘स्पट भ्यालुएसन’ प्राप्त गर्न सक्नेछन्। पुरानो सवारीको मूल्याङ्कनपछि ग्राहकले थप लाभसहित नयाँ टिभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने अवसर पाउनेछन्।
त्यस्तै, ग्राहकलाई न्यूनतम कागजी प्रक्रियामै तत्काल फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा फाइनान्स स्वीकृत हुने व्यवस्था गरिएको छ। दैनिक १३९ रुपैयाँदेखि सुरु हुने ईएमआई योजनाले ग्राहकलाई सहज किस्ताबन्दीमा नयाँ सवारी खरिद गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
इभेन्ट अवधिभर टिभीएसका विभिन्न मोडेल खरिद गर्ने ग्राहकले आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा विभिन्न सरप्राइज अफरहरू समेत प्राप्त गर्न सक्नेछन्। कम्पनीले आफ्ना सबै मोडेलमा लाइफटाइम वारेन्टी सुविधा पनि उपलब्ध गराउँदै आएको छ। यस योजनामार्फत ग्राहकहरूले टिभीएस अपाचे सिरिज, टिभीएस रेडर, टिभीएस एनटर्क लगायत कम्पनीका लोकप्रिय मोटरसाइकल तथा स्कुटर मोडेलहरू खरिद गर्न सक्नेछन्।
व्यावसायिक अफरका अतिरिक्त इभेन्टलाई पारिवारिक मनोरञ्जन केन्द्रका रूपमा समेत विकास गरिएको कम्पनीले जनाएको छ। इभेन्टमा टेस्ट राइड जोन, जिमखाना राइडिङ प्रतियोगिता, गेम जोन तथा फुड स्टलहरू सञ्चालनमा रहेका छन्, जहाँ आगन्तुकहरूले विभिन्न गतिविधिमा सहभागी हुन सक्नेछन्।
जगदम्बा मोटर्सका अनुसार नेपाली ग्राहकलाई सहज, किफायती तथा आकर्षक तरिकाले नयाँ सवारीमा अपग्रेड गर्ने अवसर प्रदान गर्ने उद्देश्यले उक्त योजना सञ्चालन गरिएको हो। कम्पनीले टिभीएसका नयाँ तथा पुराना ग्राहकलाई भृकुटीमण्डपमा आयोजित इभेन्टमा सहभागी भई उपलब्ध विशेष अफरहरूको लाभ लिन आग्रह गरेको छ।






Auto
यामाहाको चर्चित XSR 155 नेपाल आउँदै, ‘रेट्रो’ लुक्सले बजारमा नयाँ प्रतिस्पर्धा थप्ने
लामो समयदेखि नेपाली मोटरसाइकल पारखीहरूको प्रतीक्षामा रहेको यामाहा XSR 155 अब नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ। यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स (MAW Rides) ले सार्वजनिक गरेको टिजरले यो ‘नियो–रेट्रो’ मोटरसाइकलको आगमन अब धेरै टाढा नरहेको संकेत दिएको छ।
नेपाली बजारमा स्पोर्ट्स र नेकेड बाइकको लोकप्रियता बढिरहेका बेला XSR 155 ले भने फरक पहिचान बनाउन खोजेको छ। क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यो मोटरसाइकल विशेषगरी स्टाइल र प्रिमियम अनुभव खोज्ने युवा र राइडिङ पारखीलाई लक्षित गरिएको मानिन्छ।
बाइकमा गोलो एलईडी हेडलाइट, राउन्ड डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टक–एन्ड–रोल सिट र मस्कुलर फ्युल ट्याङ्की जस्ता डिजाइन एलिमेन्ट राखिएका छन्, जसले पुरानो र नयाँ शैलीलाई एकैसाथ प्रस्तुत गर्छ।
पर्फर्मेन्सका लागि यसमा R15 र MT-15 मा प्रयोग हुने १५५ सिसी VVA प्रविधियुक्त लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ। साथै डुअल–च्यानल ABS, असिस्ट एन्ड स्लिपर क्लच, ट्र्याक्सन कन्ट्रोल र USD फ्रन्ट फोर्क्स जस्ता आधुनिक फिचरले यसलाई आफ्नो सेग्मेन्टको आकर्षक विकल्प बनाउने अपेक्षा गरिएको छ।
कम्पनीले औपचारिक मूल्य र बिक्री मिति सार्वजनिक गरिसकेको छैन। तर, आगामी नाडा अटो शो वा चाडपर्व लक्षित गर्दै यसको बिक्री सुरु हुन सक्ने अनुमान गरिएको छ। नेपाली बजारमा यसको मूल्य करिब ५ लाख ३० हजारदेखि ५ लाख ६० हजार रुपैयाँको हाराहारीमा रहने चर्चा छ।
XSR 155 को आगमनसँगै नेपाली बजारमा ‘नियो–रेट्रो’ सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्किने र स्टाइल, प्रविधि तथा दैनिक प्रयोगलाई सन्तुलित रूपमा खोज्ने ग्राहकका लागि नयाँ विकल्प थपिने अपेक्षा गरिएको छ।
Auto
पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु
पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ। साउन ३ गतेदेखि ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेलमैदानमा सञ्चालन भइरहेको यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्रै बजाजका मोटरसाइकल तथा स्कुटर न्यूनतम डाउन पेमेन्टमा र ५ वर्षसम्मको फाइनान्स सुविधासहित खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार मेलामा शून्य सेवा शुल्क (Zero Service Charge), अन-द-स्पट फाइनान्स, पुरानो सवारीसाधनको मूल्यांकनमा थप ७ हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन तथा आकर्षक नगद छुटको व्यवस्था गरिएको छ।
यस मेलामा कुनै पनि कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न सकिनेछ। ग्राहकहरूको पुराना सवारीसाधनको उचित र उच्चतम मूल्यांकन गर्न कम्पनीले अनुभवी तथा दक्ष भ्यालुएटरको व्यवस्था गरेको जनाएको छ। मूल्यांकनपछि कम्पनीको तर्फबाट थप ७ हजार रुपैयाँसम्म बोनस भ्यालुएसन पनि उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार यस योजनाले मोटरसाइकल खरिदका क्रममा आवश्यक पर्ने घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोत प्रमाणपत्रजस्ता कागजातको झन्झट हटाएको छ। किस्ताबन्दीमा खरिद गर्न चाहने ग्राहकले नागरिकताको आधारमा मात्र आवेदन दिएर करिब एक घण्टाभित्रै लोन स्वीकृत गराई सरल फाइनान्समार्फत सुविधा लिन सक्नेछन्।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा भइरहेको यो ‘बजाज झ्याम्मै एक्सचेन्ज मेला’ नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज योजनामध्ये एक भएको कम्पनीको दाबी छ।
बजाज पोखराका सञ्चालक आघोषमान बुद्धाचार्यका अनुसार मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटरको उच्चतम मूल्यांकन गरी बजाजका नयाँ मोडेल सहज रूपमा खरिद गर्न सकिनेछ। साथै, मेलाबाट बजाजको विद्युतीय स्कुटर चेतक (Chetak) पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

Auto
सुरुङमार्गमा ‘फन रन एण्ड वाक २०२६
काठमाडौं–धादिङ जोड्ने नागढुंगा सुरुङमार्गमा शनिबार बिहान ‘नागढुंगा टनेल फन रन एण्ड वाक २०२६’ आयोजना गरिएको छ।
नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को सहकार्यमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई सुरुङमार्गभित्र दौडने र हिँड्ने विशेष अवसर प्रदान गरिएको हो।
सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवसर पारेर आयोजित कार्यक्रमले नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पूर्वाधार विकासमा भएको सहकार्यलाई उजागर गरेको छ।
कार्यक्रमस्थलमा नेपाल र जापानका राष्ट्रिय झण्डासहितको ब्यानर राखिएको थियो, जसले दुई देशबीचको दीर्घकालीन साझेदारीको सन्देश दिएको छ।











-
Auto4 weeks agoअब ट्राफिक नियम तोड्न सजिलो छैन!
-
entertainment2 weeks ago‘केसामी–नाम्सामी’ नाटकको पोस्टर र प्रदर्शन मिति सार्वजनिक
-
entertainment2 weeks agoनिर्माणको अन्तिम चरणमा पेप्सीकोला फुटबल ग्राउण्ड
-
entertainment4 weeks agoपोखराको पुरानो विमानस्थल
-
Auto2 weeks agoपोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु
-
entertainment3 weeks agoकाठमाडौंबाट बाहिरिने बाटो खुले
-
entertainment3 weeks ago‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ सार्वजनिक
-
Auto2 weeks agoयामाहाको चर्चित XSR 155 नेपाल आउँदै, ‘रेट्रो’ लुक्सले बजारमा नयाँ प्रतिस्पर्धा थप्ने


You must be logged in to post a comment Login