Feature

विश्व आदिवासी जनजाति दिवस मनाइयो

avatar
Street Nepal

An editor at streetnepal


  • August 10, 2026
  • 285 पटक पढिएको

स्ट्रीटनेपाल

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस’को अवसरमा काठमाडौँको खुल्लामञ्चमा विशेष सांस्कृतिक कार्यक्रम तथा सभा आयोजना गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अग्रेसरतामा आयोजित उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न जनजातिका परम्परागत पोशाक, बाजागाजा र सांस्कृतिक झाँकीहरूसहितको र्‍याली खुल्लामञ्च पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा गुरुङ, मगर, नेवार, तामाङ, राई, लिम्बू, शेर्पा, थारुलगायतका विभिन्न समुदायले आ-आफ्नो परम्परागत लोकनृत्य र संस्कृति प्रदर्शन गरेका थिए। सो अवसरमा वक्ताहरूले मातृभाषामा शिक्षा, जल-जंगल-जमिनमाथिको अधिकार र संविधानमा उल्लेखित पहिचान तथा अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

Facebook Comments