Feature

रातमा झिलिमिली काठमाडौं

avatar
Street Nepal

An editor at streetnepal


  • November 10, 2026
  • 11 पटक पढिएको

दिनमा व्यस्त सडक र बस्तीले भरिएको काठमाडौं रात परेसँगै उज्यालोको सहर बनेको छ। तिहारको झिलिमिलीले काठमाडौं उपत्यकालाई यतिबेला निकै आकर्षक बनाएको छ।

चन्द्रागिरिको उचाइबाट हेर्दा काठमाडौं उपत्यकाका बस्ती, सडक र घरहरू रंगीन बत्तीले झकिझकाउ देखिन्छन्। काठमाडौंसँगै धादिङतर्फका केही भूभागमा पनि तिहारको उज्यालो फैलिएको छ। टाढाटाढासम्म फैलिएका बत्तीका दृश्यले रातको आकाशमुनि सहरलाई छुट्टै सुन्दरता दिएका छन्।

तिहारको चौथो दिन आज पनि घरदेखि सहरका विभिन्न क्षेत्रमा झिलिमिलीको रौनक छाएको छ। दिदीबहिनी र दाजुभाइबीचको प्रेम तथा आत्मीयताको पर्व भाइटीका भोलि मनाइँदैछ। पाँचौँ दिन भाइटीका सम्पन्न भएसँगै यस वर्षको तिहार पनि बिदा हुनेछ।

चन्द्रागिरिबाट देखिएको तिहारमय काठमाडौं र आसपासका क्षेत्र।

default
default
default
default
default

Facebook Comments