Feature
मलेसिया श्रमिक ठगी प्रकरण : म्याद थपका लागि सरकारी वकिल कार्यालयमा पूर्वमुख्यसचिव अर्याल
- November 27, 2026
- 26 पटक पढिएको
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो।
सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा भएपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।



तस्बिर: प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी
