Connect with us

entertainment

Rare photo of Sunny leone

Published

on

sunnyAn Indo-Canadian actress Sunny Leone, has made her name in Bollywood. Known for her bold look and hotness, Leone made her acting debut in Bollywood with Pooja Bhatt’s erotic thriller Jism 2. Checkout her rare pictures when she was a kid and a teen. sunnyyy

Art

झण्डा कला महोत्सव २०८३

Published

on

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एक सातासम्म चलेको ‘झण्डा कला महोत्सव २०८३’ सम्पन्न भएको छ।

नेपाली राष्ट्रिय झण्डालाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले कला, संस्कृति र राष्ट्रिय पहिचानलाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो।

‘नेपाली राष्ट्रियता र संस्कृति’ भन्ने मूल नारासहित आर्ट बुमले आयोजना गरेको महोत्सवमा हजारौँ दर्शकको सहभागिता रहेको थियो।

प्रदर्शनीमा नेपाली राष्ट्रिय झण्डाको कलात्मक स्वरूपलाई विभिन्न शैलीमा चित्रण गरिएका आकर्षक कलाकृतिहरू राखिएका थिए, जसले दर्शकको विशेष ध्यान खिच्यो।

त्यसैगरी, नेपालको ऐतिहासिक सम्पदा, हिमाल, पहाड, तराई, धार्मिक स्थल, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेटिएका चित्रकलाले पनि प्रदर्शनीलाई थप विशेष बनाएको थियो।

कलाकारहरूले आफ्ना सिर्जनामार्फत नेपालीपन, राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार यो महोत्सव केवल कला प्रदर्शनी मात्र नभई नयाँ पुस्तालाई राष्ट्रिय झण्डाको महत्व, नेपाली मौलिक कला र सांस्कृतिक सम्पदाप्रति थप सचेत बनाउने प्रयास पनि हो।

एक सातासम्म सञ्चालन भएको यस महोत्सवले कला पारखी र सर्वसाधारण दुवैबाट उत्साहजनक प्रतिक्रिया पाएको आयोजकले जनाएको छ।

Continue Reading

entertainment

सानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा

Published

on

लितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ।

एकान्तकुना–कलङ्की सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने रेलिङ, सिँढी र अन्य फिनिसिङका काम जारी रहेका छन्।

वर्षौँदेखि अलपत्र रहेको यो आयोजना पछिल्लो समय तीव्र गतिमा अघि बढाइएको हो। निर्माण कम्पनीले पुलको स्टिल संरचना जडान तथा अन्य प्रमुख प्राविधिक काम पूरा गरिसकेको जनाएको छ।

अब बाँकी रहेका साना प्राविधिक तथा सौन्दर्यकरणका काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

व्यस्त चक्रपथ क्षेत्रमा दैनिक हजारौँ पैदलयात्रीले सडक पार गर्नुपर्ने भएकाले पुल सञ्चालनमा आएपछि आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

साथै, सडकमा हुने पैदलयात्रीको चाप घटेर ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Continue Reading

Art

‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा

Published

on

नेपालको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व प्रतियोगिता ‘मिस नेपाल २०२६’ ले औपचारिक रूपमा नयाँ यात्रा सुरु गरेको छ।

राजधानीमा आयोजित विशेष स्यास सेरेमोनीमार्फत यस वर्षका उत्कृष्ट २४ जना फाइनलिस्ट सार्वजनिक गरिएका हुन्।

कार्यक्रममा सहभागी युवतीहरूले आफ्नो परिचय, रुचि, सपना र समाजप्रतिको दृष्टिकोण प्रस्तुत गर्दै प्रतियोगिताको प्रारम्भिक झलक दिएका थिए।

आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारी, पूर्व मिस नेपाल विजेता तथा अतिथिहरूले फाइनलिस्टहरूलाई स्यास र प्रतियोगी नम्बर प्रदान गरेका थिए।

यस वर्षको मिस नेपालको प्रमुख थिम ‘टप अफ द वर्ल्ड’ राखिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित उक्त थिमलाई हिमाली आदिवासी समुदायको मौलिक पहिरन र सांस्कृतिक प्रस्तुतिमार्फत उद्घाटन गरिएको थियो। यसले नेपालको विविधता, पहिचान र विश्वसामु उभिएको गौरवलाई झल्काउने आयोजकको विश्वास छ।

अब आगामी केही सातासम्म फाइनलिस्टहरूले व्यक्तित्व विकास, नेतृत्व क्षमता, सञ्चार कला, सामाजिक उत्तरदायित्व तथा विभिन्न प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउनेछन्। आयोजकका अनुसार प्रतियोगिता केवल सौन्दर्यमा सीमित नभई आत्मविश्वास, बौद्धिक क्षमता र सामाजिक प्रभावकारिताको खोजी गर्ने प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ।

यससँगै मिस नेपाल २०२६ को प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ र अन्तिम मुकुटका लागि २४ प्रतिभाशाली युवतीबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com