entertainment
Aastha B On The Stage
Aastha B is one of the successful singers in Nepal. Malai Pugena Yo Baisale, Heera Moti, Ma Ta Ekaisau Satabdiki Chhori are some of her hit songs. She got so many offers for the stage programmes after that. There held a musical concert at Huprachaur, Hetauda organized by the Fem Nepal some days ago. And Aastha B was also seen performing at the concert along with other Nepali singers. Watch the very talented, the very gorgeous Aastha B perform to her songs at the concert in Huprachaur, Hetauda.




Art
पर्खालमा कोरिएको ‘हाम्रो प्रहरी’
काठमाडौं । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको पर्खालमा बनाइएको भित्तेचित्रले प्रहरी, नागरिक, राष्ट्रियता र नेपालको सांस्कृतिक विविधतालाई एउटै दृश्यमा उतारेको छ।
हरियो पृष्ठभूमिमा बनाइएको यो चित्रमा प्रहरी र एक नागरिकले नेपालको राष्ट्रिय झण्डा सिलाइरहेको देखिन्छ। नजिकै परम्परागत पोसाक र गहनामा सजिएकी महिला, विभिन्न समुदायका आकृति, सेतो परेवा र हातका आकृतिहरू चित्रित छन्। एउटा पात्रले ‘हाम्रो प्रहरी’ लेखिएको पाटी बोकेको देखिन्छ।
भित्तेचित्रका दृश्यहरूले प्रहरीलाई केवल सुरक्षाकर्मीका रूपमा नभई नागरिकसँग जोडिएको संस्थाका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। राष्ट्रिय झण्डासँगै विभिन्न जातीय तथा सांस्कृतिक पहिचानलाई समेटिनुले नेपालको विविधता र साझा राष्ट्रिय भावनालाई संकेत गर्छ।
सडकबाट हिँड्ने सर्वसाधारणले सहजै देख्ने गरी बनाइएको यो चित्रले प्रहरी र नागरिकबीचको सहकार्य, शान्ति र सामाजिक एकताको सन्देश दिन्छ। रंग र पात्रमार्फत पर्खालमा कोरिएको यो दृश्यले ‘हाम्रो प्रहरी’ भन्ने भावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।
तस्विरहरु :




entertainment
तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन असोज १७–१८ मा
काठमाडौं । तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा हुने भएको छ।
परिषद्ले मंगलबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारीबारे जानकारी दिएको हो। परिषद्का अनुसार महाधिवेशनमा देशभरका पाँच प्रदेश, ४८ जिल्ला तथा आबद्ध संघ–संस्थाबाट करिब ३०० प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनको उद्घाटन असोज १७ गते बिहान ११ बजे मित्रनगर स्थित बिजि ब्याङ्क्वेटमा हुनेछ। सोही दिन दिउँसो ४ः३० बजे परिषद्को केन्द्रीय कार्यालय, मित्रनगरमा बन्दसत्र आयोजना गरिनेछ।
त्यसैगरी, नयाँ नेतृत्व चयनका लागि असोज १८ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने परिषद्ले जनाएको छ। सोही दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म घोषणा सभा आयोजना गरिनेछ।
परिषद्का अनुसार महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यवाहक अध्यक्ष शिला कुमारी गुरुङको संयोजकत्वमा १४० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमिति सक्रिय छन् भने तयारीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ।
‘समृद्ध, समावेशी र मौलिक पहिचानसहितको समुन्नत समाज आजको आवश्यकता । आत्मनिर्भर, लैङ्गिक र जातीय समानतामा आधारित राष्ट्र निर्माणमा गुरुङ महिलाको सहभागिता’ भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना गर्न लागिएको हो।
परिषद्ले महाधिवेशनमार्फत गुरुङ महिलाको सामाजिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक सशक्तीकरणका साथै भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका विषयमा आगामी नीति तथा कार्यक्रम तय गर्ने जनाएको छ।
entertainment
धापाखेलमा पहिरोले घर ढलायो
ललितपुरको धापाखेलमा पहिरोले सिंगै घर ढलेको छ।
सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोबित कुमार थापाको साढे दुई तले घर पहिरोले ढलेर खोलामा पुगेको हो।
अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ।
पहिरोले खोला समेत थुनिएको छ।
घरमा तीन जनाको परिवार बस्दै आएको थियो। तर, घर पहिरिन थालेपछि उनीहरू आइतबार नै आफन्तको घरमा सरेकाले मानवीय क्षति हुनबाट जोगिएको छ।
आइतबार दिउँसोदेखि नै घरको भुइँतलासँग जोडिएको ट्रसको किचन करिब २० मिटर तल खसेको थियो।
घटनापछि प्रहरी र ललितपुर महानगर प्रहरीको टोली उद्धार तथा व्यवस्थापनका लागि घटनास्थलमा खटिएको थियो ।




-
entertainment6 days ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
Offbeat4 weeks agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment4 weeks agoसुनसान बन्यो नागढुंगा
-
entertainment1 week agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
Feature4 weeks agoयस्तो छ कृष्ण भिरको पहिरो
-
Feature4 weeks agoरसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री
-
entertainment3 weeks agoभरतपुरको मुटु चौविसकोठी



You must be logged in to post a comment Login