Connect with us

Feature

EARTHQUAKE EXPERIENCE OF AN OLD MAN

Published

on

Ammarsingh gurung1

Ex Indian Army Ambar Singh Gurung is living in Pandrung-2, Gorkha with his family. He is one of the army who fought second world war. Mr. Gurung has a very good memory that he can tell everything happened in his life from his childwood. Active and smart Mr.Gurung had experienced many earthquakes happened in Nepal during 1990 to 2072 BS. Watch the video how he explain his experience of earthquake. Mr. Gurung even told an old story of Kathmandu Valley when there was no rain for 18 months.

Ammar singh gurung

entertainment

‘मिस नेपाल २०२६का लागी आवेदन खुल्ला

Published

on

‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला भएको छ।

आयोजक संस्था द हिडन ट्रेजरले बुधबार पत्रकार सम्मेलन को आयोजना गर्दै विश्वभर छरिएर रहेका नेपाली युवतीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आवेदन दिन आह्वान गरिएको हो।

आयोजक सस्थांले नि:शुल्क दर्ता गर्न सकिने मिस नेपाल २०२६को लागी आगामी जुन ८ सम्म रहेको जनाएको छ।

प्रतियोगिताको ग्रान्ड फिनाले भदौ १६, २०८३ (अगस्ट १, २०२६) मा ललितपुर स्थित द प्लाजामा आयोजना हुने बताइएको छ। कार्यक्रम ‘क्लिन हिमालयाज टेलिभिजन’ बाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।

मिस नेपाल २०२६ मा सहभागी हुन इच्छुक युवतीको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। नेपाली नागरिकता भएका युवतीसँगै विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयबाट जारी एनआरएन कार्डका आधारमा पनि आवेदन दिन सक्नेछन्।

यस वर्ष प्रतियोगिताबाट ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन विजेता घोषणा गरिनेछन्। आयोजकका अनुसार अघिल्ला संस्करणका विजेताहरूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उल्लेखनीय प्रदर्शन गरेका छन्।

प्रतियोगितालाई थप व्यापक बनाउन बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा ‘मिस नेपालको खोज’ अभियान सञ्चालन गरिनेछ।

Continue Reading

entertainment

श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व

Published

on

पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्व विशेषगरी विवाहित महिलाका लागि महत्वपूर्ण मानिन्छ।

बरसाइत पर्वमा नवविवाहिता महिलाले बिहेपछि आउने पहिलो पर्व अनिवार्य रूपमा श्रीमान्को घरमै मनाउने परम्परा रहेको छ। पर्वको अघिल्लो दिन नुहाइधुवाइ गरी सात्विक भोजन गर्ने चलन छ भने माइतीबाट लुगा, चुरा, सिन्दूर लगायतका शृङ्गार सामग्री पठाइने गरिन्छ।

आज बिहानैदेखि महिलाहरू रातो, पहेँलो र विभिन्न रंगका परम्परागत पहिरनमा सजिएर नजिकैको वर (बर) रुखमुनि पूजा गर्न पुगेका छन्। वर र पीपल दुवैको उपस्थितिलाई शुभ मानिने भएकाले सम्भव भएसम्म दुवै रुखसँगै पूजा गरिन्छ।

पूजाका क्रममा अंकुरी, फलफूल, नरिवल लगायतका प्रसाद वरको जरामा चढाइन्छ। महिलाहरूले सिन्दूरले वरको रुख सजाउँदै रातो र पहेँलो धागोले सात पटक बेर्ने परम्परा पनि निभाएका छन्। पति–पत्नीले सँगै परिक्रमा गर्ने र जल चढाउने चलनले दाम्पत्य सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार सावित्रीले आफ्नो पतिलाई मृत्युबाट बचाएको कथासँग यो पर्व जोडिएको छ। त्यसैले महिलाहरू दिनभर उपवास बसेर परिवारको सुख, शान्ति र पतिको दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक बरसाइत पर्व मनाउने गर्छन्।

Continue Reading

Feature

पोखराको बसपार्क ओगटेको सुकुम्बासी बस्ति

Published

on

देशकै पर्यटकीय नगरी पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा झन्डै ४ सयभन्दा बढी सुकुम्बासी घर परिवार रहँदै आएको छ।  

पाँच दशकदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाका कारण यहाँको बसपार्क प्रभावित बन्दै आएको छ।

२०३२ सालमा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गाको ठूलो हिस्सा अहिले बस्तीले ढाकिएको देख्न सकिन्छ। 

बसपार्क निर्माणलाई अघि बढाउन पोखरा महानगरले अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरेपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।

‘राष्ट्रिय भूमि अधिकार मञ्च’ मार्फत संघर्ष समिति गठन गरेका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था वा उचित मुआब्जाबिना आफूहरू नहट्ने चेतावनी दिएका छन्। 

बसपार्क र त्यस वरपर रहेको सुकुम्बासी बस्ती यस्तो छ : 

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com