entertainment
TRIBUTE TO VETERAN MUSICIAN AMBER GURUNG
Veteran musician Amber Gurung’s last rites is going to be performed at Nepal Academy, Kathmandu today. He died this morning at 2:37am while undergoing treatment in Grande International Hospital. He was 78 years old.
His body is already taken to Nepal Academy at 9:55 for last rites. Gurung’s last rites will be concluded at 3 Pm by Lama Gurus, said deceased son, Raju Gurung.

entertainment
बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोग
तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि संकलन गरेको रकममध्ये १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङका अनुसार मंगलबार नै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
चेक हस्तान्तरणका लागि अध्यक्ष जुमकाजी गुरुङसहित वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायत सहभागी थिए। अध्यक्ष जुमकाजीसहित तमु धीं यूकेका ६ जना प्रतिनिधि सहयोग हस्तान्तरणका लागि आफ्नै व्यक्तिगत खर्चमा सोमबार बेलायतबाट नेपाल आएका थिए।
तमु धीं यूकेका सचिव विमल गुरुङका अनुसार बेलायतमा संकलित रकममध्ये करिब २५ लाख रुपैयाँ बराबरको राहत सामग्री समेत प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महासचिव डा. विशाल गुरुङले सन् २००० मा बेलायतमा स्थापना भएको तमु धीं यूकेले महाभूकम्प, कोभिड महामारीलगायत विभिन्न विपद्का समयमा गरेको सहयोगबारे जानकारी गराएका थिए।
अर्थमन्त्री वाग्लेले विपद्का बेला तमु धीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारमाथि भरोसा गरेर राहतका लागि १६ अर्ब रुपैयाँ संकलन भएको जानकारी दिए। उनका अनुसार हालसम्म १ अर्ब रुपैयाँ राहतका लागि निकासा भइसकेको छ।
उनले दसैंअघि नै बाढीपहिरो प्रभावितका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी भइरहेको बताए। प्रभावित परिवारले रोजेको स्थानमा अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार १७ हजार रुपैयाँ सहयोग गरिने उनले बताए। स्थायी आवासका लागि साढे दुई वर्षभित्र सबै प्रभावित परिवारका घर निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो।
गत भदौ १० गते नेपालमा आएको बाढीबाट प्रभावितका लागि सहयोग जुटाउन बेलायतमा भदौ १४ (अगस्ट ३०) मा आयोजित १७औं नेपाली मेलादेखि रकम संकलन सुरु गरिएको थियो। नेपाली मेला संयोजक कमल गुरुङका अनुसार मेलाबाट बचत भएको रकम, तमु धीं यूकेको संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, तमु धीं आमा समूह, विभिन्न इकाइ तथा व्यक्तिगत सहयोगबाट रकम संकलन गरिएको हो।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री वाग्ले र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले बाढीपीडितका लागि सहयोग गर्ने बेलायतवासी नेपालीप्रति आभार व्यक्त गरेका छन्।
entertainment
तमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ सहयोग गरेको छ।
संस्थामा आबद्ध ५२ जना दाताबाट संकलित रकम पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रदान गरिएको हो। संस्थाका सदस्य कृष्ण गुरुङले अर्थ मन्त्रालय पुगेर सम्बन्धित निकायमार्फत सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
तमु परिवार न्यूयोर्कले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


entertainment
फोक्सुन्डोमा #फोटोनेपाल कला प्रदर्शनी
डोल्पाको फोक्सुन्डोमा तीनदिने फोक्सुन्डो आर्ट एक्जिबिसन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको #फोटोनेपाल प्रदर्शनी अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा कलाकार तेन्जिङ वाङ्दाकका १५ थान थाङ्का चित्र प्रस्तुत गरिएको थियो।
समुद्री सतहबाट ३ हजार ६११.५ मिटर उचाइमा आयोजित प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो। प्रदर्शनीले फोक्सुन्डोको प्राकृतिक सौन्दर्यसँगै स्थानीय कला, संस्कृति र जीवनशैलीलाई पर्यटन प्रवर्द्धनसँग जोडेको आयोजकले जनाएको छ।
सन् २०१६ मा सुरु भएको #फोटोनेपाल अभियानअन्तर्गत हालसम्म नेपाल तथा विदेशमा सयभन्दा बढी प्रदर्शनी आयोजना भइसकेका छन्।




-
Offbeat3 weeks agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment3 weeks agoसुनसान बन्यो नागढुंगा
-
entertainment3 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
Feature3 weeks agoयस्तो छ कृष्ण भिरको पहिरो
-
entertainment4 weeks ago‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक
-
Feature3 weeks agoरसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री
-
entertainment4 weeks agoबेलायतमा १७औँ ‘नेपाली मेला’ हुने
-
entertainment1 day agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग


You must be logged in to post a comment Login