बुढीगण्डकी नदीको बाढीले क्षति पुर्याएको गोरखा–धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ। बेलिब्रिज निर्माण सम्पन्न भएसँगै अवरुद्ध यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको हो।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि यस सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो। नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो।
निर्माण सम्पन्न भएसँगै आजदेखि दुईपाङ्ग्रे र भोलिदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने तयारी छ। बेलिब्रिज सञ्चालनमा आएपछि गोरखा र धादिङबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
साइराम उपरकोटी / नेपाल फोटो लाइब्रेरी
