Connect with us

Theatre

AS YOU LIKE IT

Published

on

AS YOU LIKE IT is a very famous drama written by William Shakespeare. It is being staged at Shilpi Theater in Battisputali. The drama is directed by Greta Rana and assisted by Aashant Sharma. In this pastoral comedy artist Sandeep Shrestha, Gunjan Dikshit, Samapika Gautam, Utpal Jha, Shushrut Aacharya, Bijaya Karki, Bijay Tamrakar, Surabi, Sakuna Shah and other artist have worked.

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theatre

मण्डलामा ‘मञ्जिरा’

Published

on

काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ।

नाटक मञ्जिरामार्फत अभिनेता सरोज खनाल ९ वर्षपछि रङ्गमञ्चमा फर्किएका छन्। 

करिब ३० वटा नाटकमा अभिनय गरिसकेका अभिनेता खनालले विसं २०७३ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा व्यस्त भएका थिए।

द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा आधारित ‘मञ्जिरा’मा अभिनेता खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशाङ्क मैनालीको अभिनय छ।

सोमनाथ खनालको निर्देशनमा तयार भएको नाटक ‘मञ्जिरा’ मण्डला नाटकघरमा आगामी असार ८ गतेसम्म मञ्चन हुनेछ।

नाटकलाई निर्देशक खनाल र सन्देश घिमिरेले लेखेका हुन्। 

#Manjira #Play #Mandalatheatre

Continue Reading

Feature

शिल्पी नाटकघरमा ‘लस्ट एण्ड फाउन्ड’(तस्विरहरु)

Published

on

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा घिमिरे युवराज निर्देशित नाटक ‘लस्ट एण्ड फाउन्ड’ मञ्चन भइरहेको छ।

नाटकले नागरिकताविहीनता, पहिचानको खोज, मानसिक आघात र सम्बन्ध जस्ता संवेदनशील विषयहरू उठाएको छ। २५ वर्षीया गाइड भूमि र क्यानाडाबाट आएका सागरबीचको यात्रा र संवादमार्फत कथाले गहिरो सामाजिक प्रश्नहरू उठाउँछ।

भूमिको भूमिकामा पवित्रा खड्का र सागरको भूमिकामा सुमित भण्डारी छन्। अन्य कलाकारमा सुहाना आचार्य र गोविन्द ओली छन्।

नाटक जेठ १७ गतेसम्म हरेक दिन (मंगलबार बाहेक) साँझ ५:१५ बजे र शनिबार दिउँसो १:०० बजे विशेष शोमा मञ्चन हुँदैछ।

Continue Reading

Feature

उम्लिँदो खरानी र लेम्लेमा

Published

on

कलाकार पशुपति राईको निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’को नियमित मञ्चन भइरहेको छ।  

मण्डला थिएटरले घोषणा गरेको ७ नाटकमा कलाकार विजय बरालले निर्माण गरेको यो पाँचौं नाटक हो।  

गत शुक्रबारदेखि मण्डला नाटकघरमा नियमित रूपमा मञ्चन हुँदै आएको नाटकलाई मिल्सन राईले लेखेका हुन्। लोककथामा आधारित नाटकले किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको कथा बोकेको छ।  

आगामी चैत ३ गतेसम्म नियमित मञ्चन हुने नाटकमा थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय छ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com