Feature
फोटोकलामा ब्रिटिस गोर्खामा महिलाको भूमिका
काठमाडौँको नेपाल कला परिषदमा गोर्खा वेमन फोटो तथा आर्ट प्रदर्शनी भैरहेको छ।
ब्रिटिस गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी गत शनिबारबाट सुरु भएको हो ।
वि.सं २०७४ सालमा पहिलो पटक प्रदर्शनी गरेकी २९ वर्षीया चित्रकार सुजना श्रीसले गोर्खा सैनिकको इतिहासमा महिलाको भूमिकालाई समेटेर तयार पारेको फोटो तथा चित्रकला प्रदर्शनी राखिएको छ ।
मङ्सिर १३ गतेसम्म चल्ने प्रदर्शनीमा ५२ वटा फोटो, १८ वटा चित्रकला र भिडियो दृश्यका साथै कलाकारले काम गरेको सामग्रीहरू पनि राखिएको छ । गोर्खा सैनिकको इतिहास धेरै भए पनि महिलाको इतिहास कतै नपाएपछि अध्ययन अनुसन्धान थाल्नुभएको उहाँले छ जिल्लामा ७० वर्षमाथिका महिलामा गरेको अध्ययनको क्रममा लिएका २० जना महिलाको फोटो, स्केच र भिडियो क्लिप प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा ती महिलाले पहिले प्रयोग गरेका दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडा, आदिवासी महिलाले लगाउने लत्ताकपडा, गरगहनालगायत गोर्खा लाहुरेहरूले खिचेका फोटोहरू पनि राखिएका छन् । यो प्रदर्शनी उहाँको तेस्रो प्रदर्शनी हो । प्रदर्शनीमा ती महिलाहरूको भोगाइलाई समेटेर तयारी गरिएका फोटो तथा चित्रकलामा व्याख्यासमेत गरिएका छन् ।
You must be logged in to post a comment Login