entertainment

ब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन

Published

on

पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) हिमालमा भएको हिमपहिरोमा ज्यान गुमाएका १० जना नेपाली तथा विदेशी आरोहीको सम्झनामा काठमाडौंको माइतीघर मण्डलमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ।

ब्रोड पिकको क्याम्प २ र क्याम्प ३ बीच करिब ७,००० मिटर उचाइमा आएको ठूलो हिमपहिरोमा परेर यो अन्तर्राष्ट्रिय टोली दुर्घटनामा परेको थियो।

कार्यक्रममा आरोहीहरूको तस्बिर, नाम र राष्ट्रिय झण्डा सहितको स्मृति ब्यानर प्रदर्शन गरिएको थियो।

श्रद्धाञ्जली अर्पण गरिएका आरोहीमा निर्मल पुर्जा ‘निम्सदाइ’, पुरबहादुर गुरूङ (युक्त), किली पेम्बा शेर्पा, निमा शेर्पा, म्वाङ थेन्दु शेर्पा, ग्यालु शेर्पा, चीनका वाङ झोङ, ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल शहजाद र अमेरिकाकी म्यालोरी गाइस रहेका छन्।

कार्यक्रममा किली पेम्बा शेर्पाको तस्बिरमा खादा अर्पण गर्दै दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

कार्यक्रमको आयोजना नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (काठमाडौं उपत्यका विशेष समिति), माउन्ट एभरेस्ट समिटर्स क्लब रोल्वालिङ–दोलखा र एभरेस्ट समिटियर्स एसोसिएसनले संयुक्त रूपमा गरेका हुन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version