Offbeat
रोयल इनफिल्डको गोवन क्लासिक ३५० कस्तो छ ? (भिडियो)
नेपाली सडकमा नयाँ स्टाइल र क्लासिक फील ल्याउने रोयल इनफिल्ड गोवन क्लासिक ३५० अहिले युवापुस्तामाझ निकै चर्चामा छ। ‘बबर’ डिजाइनमा तयार गरिएको यो बाइकले आकर्षक लुक्ससँगै आरामदायी राइडिङ अनुभव दिन्छ।
यसमा ३४९ सीसीको सिंगल सिलिन्डर, फ्युल इन्जेक्सन इन्जिन प्रयोग गरिएको छ, जसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ। साथै, डुअल च्यानल एबीएससहित अगाडि र पछाडि दुवैमा डिस्क ब्रेक दिइएको छ, जसले सुरक्षा मजबुत बनाउँछ।
यो बाइकमा एलईडी लाइट, ट्रिपर नेभिगेसन, सेमी–डिजिटल कन्सोल र USB चार्जिङ पोर्ट जस्ता आधुनिक फिचरहरू पनि उपलब्ध छन्। ह्वाइट वाल ट्युबलेस टायर, एल्युमिनियम स्पोक ह्विल र लो सिट हाइटले यसलाई स्टाइलिस मात्र नभई सहज पनि बनाएको छ।
नेपालमा यसको मूल्य ५ लाख ९८ हजार रुपैयाँदेखि सुरु भएर ६ लाख २ हजार रुपैयाँसम्म पर्छ, भेरियन्ट अनुसार फरक पर्छ।
यदि तपाईं यो बाइकको डिजाइन, परफर्मेन्स र वास्तविक राइडिङ अनुभवबारे अझ विस्तृत जानकारी लिन चाहनुहुन्छ भने, सम्पूर्ण जानकारीका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोस्।
Offbeat
चीनबाट नेपालमा राहत सामग्रीको तेस्रो खेप आइपुग्यो


रसुवा बाढी प्रभावितका लागि चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ वायुसेनाको वाई–२०ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् उद्धार र पुनर्स्थापनाका लागि आवश्यक सामग्री छन्। बेलीब्रिज जडानका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ।
यसैबीच, शव पहिचान प्रक्रियामा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञको टोली पनि नेपाल आएको छ। टोलीले नेपाली निकायसँग समन्वय गरी शव पहिचानमा प्राविधिक सहयोग गर्नेछ।




entertainment
सुनसान बन्यो नागढुंगा
स्ट्रिटनेपाल
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो र नागढुंगानजिकै सडक भासिएपछि राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा क्षेत्र सुनसान बनेको छ।
सधैं हजारौं सवारीसाधनको कोलाहल र भीडभाड रहने नागढुंगा चेकपोष्ट क्षेत्र अहिले ठप्प छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने ठूला मालवाहक ट्रक तथा कन्टेनरहरू नाका नजिकै सडक किनारामा लामो लाइन लगाएर रोकिएका छन्।
मुख्य राजमार्गको विकल्पको रूपमा केही सवारीलाई सुरुङमार्ग र वैकल्पिक रुटबाट पठाइए पनि अधिकांश भारी सवारी साधनहरू आवागमन गर्न नपाउँदा ठप्प बनेका हुन्।
यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले जोखिम व्यवस्थापन र यातायात नियमनको काम गरिरहेका छन् भने लामो समयदेखि बाटोमा रोकिएका चालक तथा यात्रुहरू थप मारमा परेका छन्।






Offbeat
महाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
स्ट्रिटनेपाल
अन्तर्राष्ट्रिय तमु परिषद्ले तमु गुरुङ सञ्चारकर्मी संघ नेपाल र तमुस्यो ह्युलालाई महाधिवेशन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ।
बुधबार काठमाडौंस्थित तमु ह्युल छोंज धिंको केन्द्रीय कार्यालयमा परिषद्का कोषाध्यक्ष गङ्गा गुरुङले तमु गुरुङ सञ्चारकर्मी संघ नेपाललाई ३० हजार र तमुस्यो ह्युलालाई २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे।
परिषद्का पदाधिकारीहरूको बैठकले गरेको निर्णयअनुसार सहयोग गरिएको कोषाध्यक्ष गुरुङले बताए।
तमु गुरुङ सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महाधिवेशन असोज २ देखि ४ गतेसम्म कास्कीको सिक्लेसमा हुँदैछ। तमुस्यो ह्युलाको महाधिवेशन भने असोज १० र ११ गते काठमाडौंमा हुँदैछ।
यसैगरी, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तमु गुरुङ समुदाय तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णयसमेत परिषद्ले गरेको गुरुङले जानकारी दिए। त्यसका लागि विश्वभर रहेका तमु गुरुङ समुदायलाई एकजुट भएर सहयोगमा जुट्न आह्वान गरिएको उनले बताए।


-
entertainment4 weeks agoब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन
-
entertainment4 weeks agoब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’
-
entertainment4 weeks agoललितपुरमा ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु
-
entertainment3 weeks agoविश्व आदिवासी जनजाति दिवस मनाइयो
-
Auto3 weeks agoभृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो
-
entertainment3 weeks agoलगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
-
entertainment2 weeks agoझिलिमिली सडक
-
entertainment2 weeks agoविश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी


You must be logged in to post a comment Login