Feature
इद–उल–फित्र
इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाएका छन्।
काठमाडौंको जमलस्थित मस्जिदमा बिहीबार बिहानै ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीहरू उपस्थित भई सामूहिक रूपमा नमाज पढेर इद मनाएका छन्।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् ।
रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो।
काठमाडौंबाहेक अन्य ठाउँहरूमा पनि आज इस्लाम धर्मावलम्बीहरूले इद मनाइरहेका छन्।
इद मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।
You must be logged in to post a comment Login