Site icon Street Nepal

झिलिमिलीले थपिएको बौद्ध क्षेत्रको सुन्दरता

काठमाडौंसहित देशभर यतिबेला तिहारको रौनक छाएको छ। उज्यालोको पर्वका रूपमा चिनिने तिहारका अवसरमा सहरका घर, सडक तथा सार्वजनिक स्थलहरू रंगीचंगी बत्तीले सजिएका छन्।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बौद्ध क्षेत्र पनि तिहारको झिलिमिलीले थप आकर्षक बनेको छ। बौद्ध स्तूपसहित आसपासका सडक र भवनहरूमा सजाइएका रंगीन बत्तीले साँझपख यस क्षेत्रको सुन्दरता झनै बढाएको छ।

पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित बौद्ध क्षेत्र तिहारको उज्यालोमा मनमोहक देखिएको छ। पर्वको रौनकले यहाँको वातावरण थप उल्लासमय बनेको छ।

default
default
default
default
Exit mobile version