Connect with us

Theatre

KALAPATHTHAR MATHI…

Published

on


Artist/writer/play director Pradip Kumar chaudhari directorial play ‘Kalapatthar Mathi’ is staging at Mandala Theater from 26th Magh to 20th of Fagun 2074. Director was inspired to write and direct play after getting positive response from audiences on his first play Masantar as a director. Chaudhari has acted in numerous plays; his work shows that he has many stage experiences.
Play ‘Kalapatthar matahi’ is just an ordinary mountaineer love story, representative story of mountaineer. According to the director he tried to understand the life of mountaineer. Director believes that all kind of audience will find themselves in the story. Actor Santosh Lama, Bikas Lama, Nisha Pakhrin, Prashna Dangol, Kiran Shrestha, Bikram Shrestha, Sanjiv Rai, Patrika Ghimire, Puskar Karki, Balkrishna Khatri, Barat Limbu have acted on the stage.

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

डल्ले खोला

Published

on

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’को नियमित मञ्चन भईरहेको छ।

नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित नाटकलाई रंगकर्मी वेदना राईले परिकल्पना तथा निर्देशन गरेकी छिन्।

यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश गरिएको कथा हो।

नदीको कथामा बनेको ‘डल्ले खोला’ ले नदी/खोलाको नाममा भइरहेको विकृति र भ्रष्टाचारलाई प्रतिबिम्ब बनाएको निर्देशक राईले बताइन्।

‘नाटकमा नदी पानी मात्र होइन। यो स्मृति हो। विवेक हो। हामीले सुन्न बन्द गरेको आवाज हो।’ उनले भनिन्, ‘नाटकमा हामीले विकासको नाममा नदीमाथि राजनीतिज्ञहरूले गर्ने भ्रष्टाचारको प्रतिबिम्बलाई उजागर गरेका छौँ।’

#डल्लेखोला #DalleKhola #शिल्पीथिएटर #NepaliTheatre #TheatreForChange #नदीकोकथा #NepaliDrama #ParshuPradhan #VedanaRai #नाटक #सामाजिकसन्देश #EnvironmentAwareness #विकासविरोधीभ्रष्टाचार #SaveOurRivers #कला_द्वारा_सचेतना

Continue Reading

Theatre

मण्डलामा ‘मञ्जिरा’

Published

on

काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ।

नाटक मञ्जिरामार्फत अभिनेता सरोज खनाल ९ वर्षपछि रङ्गमञ्चमा फर्किएका छन्। 

करिब ३० वटा नाटकमा अभिनय गरिसकेका अभिनेता खनालले विसं २०७३ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा व्यस्त भएका थिए।

द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा आधारित ‘मञ्जिरा’मा अभिनेता खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशाङ्क मैनालीको अभिनय छ।

सोमनाथ खनालको निर्देशनमा तयार भएको नाटक ‘मञ्जिरा’ मण्डला नाटकघरमा आगामी असार ८ गतेसम्म मञ्चन हुनेछ।

नाटकलाई निर्देशक खनाल र सन्देश घिमिरेले लेखेका हुन्। 

#Manjira #Play #Mandalatheatre

Continue Reading

Feature

शिल्पी नाटकघरमा ‘लस्ट एण्ड फाउन्ड’(तस्विरहरु)

Published

on

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा घिमिरे युवराज निर्देशित नाटक ‘लस्ट एण्ड फाउन्ड’ मञ्चन भइरहेको छ।

नाटकले नागरिकताविहीनता, पहिचानको खोज, मानसिक आघात र सम्बन्ध जस्ता संवेदनशील विषयहरू उठाएको छ। २५ वर्षीया गाइड भूमि र क्यानाडाबाट आएका सागरबीचको यात्रा र संवादमार्फत कथाले गहिरो सामाजिक प्रश्नहरू उठाउँछ।

भूमिको भूमिकामा पवित्रा खड्का र सागरको भूमिकामा सुमित भण्डारी छन्। अन्य कलाकारमा सुहाना आचार्य र गोविन्द ओली छन्।

नाटक जेठ १७ गतेसम्म हरेक दिन (मंगलबार बाहेक) साँझ ५:१५ बजे र शनिबार दिउँसो १:०० बजे विशेष शोमा मञ्चन हुँदैछ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com