Feature
कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह
डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी
निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ।
बहाव बढेसँगै बागलुङ, पर्वत र म्याग्दी प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मुस्ताङतर्फबाट लेदोसहितको बाढी नदीमा मिसिँदा बहाव बढेको प्रहरीले जनाएको छ। बेनी, नियरघाट, मालढुङ्गालगायत क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
पर्वतको मोदीवेणीमा कालीगण्डकीको पानी चेतावनी तहभन्दा माथि पुगेको छ। यहाँ ७ मिटर चेतावनी तह रहेकोमा पानीको सतह ७.७५ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
तीनवटै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराइरहेका छन्।



