Site icon Street Nepal

तीन दिनको झरीपछि, खुले आकाश-देखिए हिमाल

तीन दिनसम्म लगातार परेको झरीले धुम्मिएको काठमाडौंको आकाश शनिबार अपराह्न खुलेको छ।

बादल हट्दै घाम लागेपछि काठमाडौं उपत्यका र आसपासका पहाडी भूभाग घमाइलो बनेका छन्। मौसम सफा भएसँगै चन्द्रागिरिबाट टाढाटाढासम्मका दृश्यसँगै हिमालका मनोरम दृश्यसमेत देखिएका छन्।

लगातारको वर्षाका कारण केही दिनयता बादल र कुहिरोले ढाकिएका उपत्यकाका डाँडाकाँडा र आसपासका क्षेत्र शनिबार भने प्रस्ट देखिएका छन्। आकाशमा छरिएका बादल बिस्तारै हट्दै जाँदा घामको उज्यालोले काठमाडौंको दृश्य नै फेरिएको छ।

चन्द्रागिरिबाट देखिने काठमाडौं उपत्यका, आसपासका हरिया पहाड र टाढा देखिएका हिमशृंखलाले मौसम खुलेपछिको सुन्दरता झल्काएका छन्।

शनिबार अपराह्न चन्द्रागिरिबाट देखिएका केही दृश्यहरू :

default
Exit mobile version