दसैँको रौनक सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसानलाई कोदो भित्र्याउने चटारो छ। असारको अन्तिमतिर रोपिएको कोदो पाकेपछि किसान बारीमै व्यस्त देखिन्छन्।
कोदो टिप्ने, सुकाउने र भण्डारण गर्ने काम गाउँमा चलिरहेको छ। कोदो भित्र्याएपछि खेतबारीमा तोरी छर्ने तयारी पनि हुँदैछ।
पहाडी जनजीवन र परम्परागत खाद्य संस्कृतिसँग जोडिएको कोदो कम सिँचाइ हुने भिरालो जमिनमा समेत फलाउन सकिने बाली हो। यसबाट ढिँडो, रोटी, सातुलगायत परिकार बनाइन्छन्।
पछिल्लो समय कोदोजन्य परिकारको माग बढ्दै गए पनि खेती गर्ने जनशक्तिको अभाव, युवाको घट्दो आकर्षण र बजार व्यवस्थापनको चुनौतीले कोदो खेती प्रभावित छ। स्वदेशमै माग बढिरहेका बेला कोदो आयातसमेत गर्नुपर्ने अवस्था छ।
धारापानीका किसानको यो व्यस्तता केवल बाली भित्र्याउने दृश्य मात्र होइन, रैथाने बाली र परम्परागत कृषि संस्कृतिलाई निरन्तरता दिने प्रयास पनि हो।
नेपाल फोटो लाईब्रेरी
