Feature
नेपाल डे परेड २०२५ न्यूयोर्कमा भव्य रूपमा सम्पन्न
“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने नाराका साथ नेपाल डे परेड २०२५ आइतवार न्यूयोर्क सिटीको म्यानह्याटनमा सम्पन्न भयो।
एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरद्वारा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति र पहिचानको प्रदर्शन गरियो।
परेडको उद्घाटन अमेरिकी सिनेटर चक शुमर र न्यूयोर्क सिटीका मेयर एरिक आडम्सले संयुक्त रूपमा गर्नुभयो। कार्यक्रममा नेपालका चर्चित कलाकारहरू दुर्गा गुरुङ, रामजी खाँड, र साइग्रेस पोखरेलको प्रस्तुति आकर्षणको केन्द्र रह्यो।
परेडकी कन्भेनर मनिता गुरुङ रहनुभयो भने अध्यक्ष छिरिङ शेर्पा हुनुहुन्थ्यो। कार्यक्रम राष्ट्रसंघका लागि नेपाली नियोगका डेपुटी स्थायी प्रतिनिधि कौशल किशोर रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
नेपाल डे परेडका सल्लाहकार अमित प्रताप शाहका अनुसार यस वर्षको परेड सबै समुदायको सहभागिता, अनुशासन र सांस्कृतिक विविधताका कारण थप प्रभावकारी र सफल बन्यो।
स्रोत : Hamrophoto.com र मोहन श्रेष्ठ (facebook)
You must be logged in to post a comment Login