Feature

२० सेकेन्डको रिलबाट नेपाल चिनाउने अवसर, नगद पुरस्कारको घोषणा

Published

on

नेपाललाई विश्वस्तरीय वेलनेस गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड ले अन्तर्राष्ट्रिय रिल भिडियो प्रतियोगिता घोषणा गरेको छ। प्रथम अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा सुरु गरिएको यस अभियान “Wellness in Every Frame, Nepal in Every Story” नारासहित सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार प्रतियोगिताले नेपालको आध्यात्मिक तथा प्राकृतिक सम्पदालाई डिजिटल माध्यममार्फत विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको छ। यसमार्फत आयुर्वेद, योग, ध्यान, स्पा तथा परम्परागत उपचार विधिहरूलाई समेट्दै नेपाललाई वेलनेस पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको छ।

प्रतियोगितामा सहभागीहरूले हिमालयको शान्त वातावरण र नेपालको विविध वेलनेस अभ्यासलाई २० सेकेन्डको आकर्षक रिल भिडियोमा प्रस्तुत गर्नुपर्नेछ। भिडियोहरू आधिकारिक पोर्टल photonepal.org मार्फत बुझाउन सकिनेछ भने #WellnessNepal र #NepalNow ह्यासट्याग प्रयोग गरी सामाजिक सञ्जालमा सेयर गर्न पनि प्रोत्साहन गरिएको छ।

बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशी ले यो अभियानले विश्वसँग नेपालको आत्मालाई जोड्ने डिजिटल पुलको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसले नेपाललाई साहसिक पर्यटन मात्र नभई वेलनेसको विश्वव्यापी केन्द्रका रूपमा चिनाउन मद्दत पुर्‍याउनेछ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट एक–एक जना विजेतालाई नगद ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। सहभागीहरूले २०८३ वैशाख २ भित्र आफ्नो भिडियो पेश गर्नुपर्नेछ।

उक्त प्रतियोगिता #photoNepal अभियानअन्तर्गत सञ्चालन गरिएको हो। यस अभियानमार्फत सञ्चालित photonepal.org मा हाल ११ हजारभन्दा बढी सदस्यले २५ हजारभन्दा बढी तस्बिर तथा भिडियोहरू अपलोड गरिसकेका छन्।

सन् २०१६ मा स्विस भूगर्भविद् टोनी हागन को फोटो प्रदर्शनीबाट सुरु भएको यस पहलले नेपालको प्राकृतिक, सांस्कृतिक तथा मानवीय विविधतालाई विश्वसामु प्रस्तुत गर्दै आएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version