Connect with us

entertainment

परम्परागत बत्तीले झिलिमिली बन्यो न्युरोड

Published

on

काठमाडौंको ऐतिहासिक न्युरोड क्षेत्र अहिले परम्परागत शैलीका आकर्षक सडकबत्तीले नयाँ स्वरूपमा चम्किएको छ।

सम्पदा क्षेत्रको मौलिकता जोगाउँदै आधुनिक सुविधा र सांस्कृतिक पहिचानलाई एकसाथ प्रस्तुत गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले यी बत्ती जडान गरेको हो।

साँझ पर्दै जाँदा बत्तीको मधुरो उज्यालोले न्युरोडका पुराना भवन, गल्ली र सडकलाई अझ मनमोहक बनाएको देखिन्छ।

यसअघि नै घरहरूलाई पुरातन शैलीअनुसार रङरोगन गरिएपछि सडकबत्ती पनि सोही स्वरूपसँग मेल खाने गरी राखिएका हुन्।

स्थानीय व्यवसायीहरूका अनुसार नयाँ बत्ती जडान भएपछि साँझको समयमा न्युरोडको चहलपहल बढेको छ र आन्तरिक तथा बाह्य पर्यटक पनि फोटो खिच्न र अवलोकन गर्न आकर्षित हुन थालेका छन्।

यसले सम्पदा संरक्षणसँगै न्युरोडको सौन्दर्य र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याएको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

धापाखेलमा पहिरोले घर ढलायो

Published

on

ललितपुरको धापाखेलमा पहिरोले सिंगै घर ढलेको छ।

सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोबित कुमार थापाको साढे दुई तले घर पहिरोले ढलेर खोलामा पुगेको हो।

अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ।

पहिरोले खोला समेत थुनिएको छ।

घरमा तीन जनाको परिवार बस्दै आएको थियो। तर, घर पहिरिन थालेपछि उनीहरू आइतबार नै आफन्तको घरमा सरेकाले मानवीय क्षति हुनबाट जोगिएको छ।

आइतबार दिउँसोदेखि नै घरको भुइँतलासँग जोडिएको ट्रसको किचन करिब २० मिटर तल खसेको थियो।

घटनापछि प्रहरी र ललितपुर महानगर प्रहरीको टोली उद्धार तथा व्यवस्थापनका लागि घटनास्थलमा खटिएको थियो ।

Continue Reading

entertainment

मौसम खुलेसँगै पोखरामा चहलपहल

Published

on

अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

चार दिनसम्मको लगातार वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन्।

मौसम सफा भएसँगै फेवातालमा नौकाविहार तथा विभिन्न पर्यटकीय स्थलको भ्रमणका साथै अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमशृङ्खलाको दृश्यावलोकन सहज भएको छ।

असोजदेखि सुरु हुने शरद पर्यटन सिजनसँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने व्यवसायीहरूको अपेक्षा छ।

DCIM\105MEDIA\DJI_0598.JPG
Continue Reading

entertainment

प्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६

Published

on

मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङले पहिरिएकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा गुरुङ विजेता बनेकी हुन्। त्यस्तै, मिस अर्थ नेपाल २०२६ को ताज झापाकी बिनिता ओलीले जितेकी छन्।

देशभरबाट सहभागी ११० जनामध्ये अन्तिम १४ जना फिनालेमा प्रतिस्पर्धामा थिए। बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा मुख्य निर्णायक थिए।

२४ वर्षीया प्रयासना बेलायतमा बस्दै आएकी महिला सशक्तिकरण अभियन्ता हुन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलालाई मेकअप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी निःशुल्क कार्यशाला सञ्चालन गर्दै आएकी छन्।

२७ वर्षीया बिनिता कुवेत एयरवेजमा क्याबिन क्रुका रूपमा काम गरेर नेपाल फर्किएकी हुन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com