Fashion
ONE STAGE TWO PROGRAM
It was happened at Rashtriya Nachghar Jamal. Yuhan International has organized Miss SLC National and Mister SLC Nepal event at Nachghar. Miss Ruhina Thapa Magar have won the title for Miss SLC National 2015. She left behind her 24 competitiors. Ruhina also won the title Miss Photojenic. Rojina Rayamajhi became first runners up and Namrata Adhikari became second runners up on the competition. Likewise Mister SLC 2015 became Pritam Shrestha. Aman Shrestha and Anish Dahal became first and second runners up respectively. Judges of both event were Actress Keki Adhikari, Model Hasan Khan, Surakchha Panta, Miss Plus-2 Nepal Supriya Hamal Thakuri Ganeshdev Pande Laxmi Bhandari Mister NEpal 2014 and Sumit Pratap Jabara.
entertainment
प्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६
मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङले पहिरिएकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा गुरुङ विजेता बनेकी हुन्। त्यस्तै, मिस अर्थ नेपाल २०२६ को ताज झापाकी बिनिता ओलीले जितेकी छन्।
देशभरबाट सहभागी ११० जनामध्ये अन्तिम १४ जना फिनालेमा प्रतिस्पर्धामा थिए। बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा मुख्य निर्णायक थिए।
२४ वर्षीया प्रयासना बेलायतमा बस्दै आएकी महिला सशक्तिकरण अभियन्ता हुन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलालाई मेकअप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी निःशुल्क कार्यशाला सञ्चालन गर्दै आएकी छन्।
२७ वर्षीया बिनिता कुवेत एयरवेजमा क्याबिन क्रुका रूपमा काम गरेर नेपाल फर्किएकी हुन्।





entertainment
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको शान्तिका लागि ‘मोसी त्हे’ पूजा सम्पन्न
काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को प्रांगणमा प्राकृतिक विपद् तथा विभिन्न कारणले अकालमा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना गर्दै विशेष ‘मोसी त्हे’ पूजा गरिएको छ।
भोटेकोशी बाढीलगायत विभिन्न प्राकृतिक विपद्मा तमु (गुरुङ) समुदायका हालसम्म ५५ जना बेपत्ता रहेको उल्लेख गर्दै उनीहरूका साथै विभिन्न कारणले अकालमा ज्यान गुमाएका सम्पूर्ण मृतक तथा बेपत्ताहरूको आत्माको शान्तिको कामना गर्दै पूजा गरिएको आयोजकले जनाएको छ।
तमु प्ये ल्हु संघ र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को संयुक्त आयोजनामा बुधबार उक्त पूजा गरिएको हो। रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा प्राकृतिक विपद् तथा अन्य कारणले अकालमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा पनि पूजा गरिएको परिषद्का अध्यक्ष धनमान तमुले जानकारी दिए।
अध्यक्ष तमुका अनुसार अकालमा मृत्यु भएका तथा बेपत्ता व्यक्तिहरूको आत्माले शान्ति प्राप्त गरून् र उनीहरू आ–आफ्नो पितृलोकमा लीन होऊन् भन्ने उद्देश्यले ‘मोसी त्हे’ पूजा गरिएको हो। गुरुङ परम्पराअनुसार यो कर्म घ्याब्री र लामाहरूले गर्ने प्रचलन रहेको उनले बताए।
पूजाका लागि पोखरालगायत विभिन्न स्थानबाट ६ जना प्ये गुरुहरूलाई आमन्त्रण गरिएको थियो। उनीहरूले करिब ४० देखि ४२ वटा धार्मिक खण्ड अर्थात् वेद/डाँडी पाठ गरेका थिए।
गुरुङ समुदायमा अकालमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको आत्मा भड्किएर विभिन्न स्थानमा अड्किन सक्ने जनविश्वास छ। सोही विश्वासअनुसार उनीहरूको आत्माको शान्तिका लागि वेद पाठ तथा अन्य धार्मिक विधि गरिएको अध्यक्ष तमुले बताए।
पूजाका क्रममा औपचारिक रूपमा जानकारी प्राप्त भएका अकालमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिहरूको नामावली तयार पारिएको थियो। पुरुष र महिलाको नाम छुट्टाछुट्टै कागजमा लेखेर परम्परागत विधिअनुसार पूजा गरिएको थियो।
पूजास्थलको प्रवेशद्वार नजिक चुला तथा डलोटका भाँडामा तेल तताई, शुद्ध नारेपा (कोदोको रक्सी) सहित मन्त्र उच्चारण गरेर विशेष आहुति दिइएको थियो। अन्त्यमा मृतक तथा बेपत्ता व्यक्तिहरूको नाम लेखिएका कागजातलाई मन्त्रोच्चारण र परम्परागत विधिअनुसार धूप तथा आगोको माध्यमबाट जलाइएको थियो।
मृतक तथा बेपत्ता सबैको आत्माले शान्ति प्राप्त गरून् भन्ने कामनासहित पूजा सम्पन्न गरिएको आयोजकले जनाएको छ। यस्तो धार्मिक तथा सांस्कृतिक अनुष्ठानले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका परिवारलाई सान्त्वना र धार्मिक रूपमा शान्ति मिल्ने विश्वास आयोजकको छ।






entertainment
बढ्यो बागमतीको बहाव
-
entertainment3 days ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
Offbeat4 weeks agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment4 weeks agoसुनसान बन्यो नागढुंगा
-
entertainment4 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
Feature4 weeks agoयस्तो छ कृष्ण भिरको पहिरो
-
entertainment6 days agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
Feature3 weeks agoरसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री
-
entertainment3 weeks agoभरतपुरको मुटु चौविसकोठी











You must be logged in to post a comment Login