Site icon Street Nepal

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ 

बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी भएका छन्।

त्यसैगरी प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। सेनाले विभिन्न बढाइँ, सैनिक कला कौशल तथा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेको थियो।

नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ। यो समारोह नेपाली संस्कृति, परम्परा र सैनिक गौरवको प्रतीकका रूपमा लिइन्छ।

Exit mobile version