Feature

स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह

avatar
Street Nepal

An editor at streetnepal


  • September 26, 2026
  • 135 पटक पढिएको

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको धारणा राखेका थिए।

न्युयोर्कमा रहँदा उनले नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत कार्यक्रममा समेत सहभागिता जनाएका थिए।

न्युयोर्कबाट दोहा हुँदै काठमाडौँ फर्किएका प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा प्रेस ब्रिफिङ गर्ने तयारी गरेको छ।

Facebook Comments