Feature

प्रदूषणले धुम्म काठमाडौं 

Published

on

अहिले देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।

त्यसैको कारण देशका केही स्थानमा आंशिकरूपमा बादल लागेको अवस्था छ।

देशका बाँकी स्थानमा मौसम सफा देखिए पनि काठमाडौंको मौसम खुल्न सकेको छैन।

काठमाडौंको वायुमण्डलमा धुँवा, धुलो भरिएको कारण यहाँको हावा विषाक्त त बनेको छ नै, घामसमेत राम्ररी लाग्न सकेको छैन।

हावा प्रदूषित भएकाले आँखा, नाम पोल्ने लगायतका समस्या देखिन थालेको छ।

वातावरण विभागका अनुसार पछिल्लो एक घन्टामा शंखपार्कको वायुको अवस्था विषाक्त देखिएको छ। त्यहाँको पछिल्लो एक घन्टाको वायु शुद्धता सूचकांक (एक्युआई) १९१ पुगेको छ। 

त्यस्तै ललितपुर भैंसेपाटीको १७९, काठमाडौंको रत्नपार्कको १७५, ललितपुर खुमलटारको १७२ पुगेको छ।

पछिल्लो समय इलामको वायुको स्वच्छता पनि कमजोर बनेको देखिएको छ। त्यहाँको एक्युआई १६४ रहेको वातावरण विभागले जानकारी दिएको छ।

देशव्यापी डढेलो, आगलागीको घटना बढेका, ग्रामीण इलामा कृषि अवशेष जलाउने क्रम बढेको, सवारी साधनको चापका कारण वायु प्रदूषण बढेको हो।

पानी नपरेकाले वायुमण्डलबाट धुवाँ–धुलोका कण हट्न सकेका छैनन्। काठमाडौं कचौरा आकारको भएका कारण यहाँ वर्षा नभएसम्म वायु प्रदूषण नघट्ने विज्ञहरूले जानकारी दिएका छन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version