entertainment

नेपाल प्राइड परेड

Published

on

काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ आयोजना गरिएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँदै गौरव र्‍याली निकालेका हुन्।

शान्ति बाटिकाबाट सुरु भएको र्‍याली खुलामञ्चमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले इन्द्रेणी झण्डा र विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले समान अधिकार, भेदभावको अन्त्य, सुरक्षित जीवन र सामाजिक स्वीकार्यताको माग गरेका थिए।

परेडमा समुदायका सदस्यहरू, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहेको थियो। खुलामञ्चमा सांस्कृतिक कार्यक्रम र सम्बोधनसमेत गरिएको थियो।

हरेक वर्ष जुन महिनामा विश्वभर ‘प्राइड मन्थ’ मनाइन्छ। सोही अवसरमा नेपालमा पनि प्राइड परेड आयोजना गरिएको हो।

आयोजकहरूले यस्ता कार्यक्रमले यौनिक तथा लैङ्गिक विविधताप्रति सम्मान बढाउन तथा समुदायका अधिकारबारे जनचेतना फैलाउन सहयोग पुग्ने बताएका छन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version