बडादसैँ मनाउन काठमाडौँबाट गृहजिल्ला फर्किने यात्रुको आउजाउ जारी छ। तर, विगतका वर्षको तुलनामा यसपटक पृथ्वी राजमार्गमा सवारी चाप घटेको छ। ठूला मालवाहक गाडी कम देखिए पनि यात्रुवाहक हायस, निजी सवारीसाधन र मोटरसाइकलको आवागमन जारी छ।
दसैँका कारण सडक किनारका अधिकांश होटल तथा पसल बन्द छन्।
मलेखुका माछा होटल र बेनिघाटका स्टाफ होटलमा भने यात्रुको चहलपहल छ। राजमार्गका विभिन्न खण्डमा धुलो, हिलो र खाल्डाखुल्डीका कारण यात्रा जोखिमपूर्ण बनेको छ।
शंकर श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
