Theatre
SALEDO

A play based on one person’s sentiment ‘Saledo’ is staging on the stage of Mandala Theater Anamnagar. This drama is written by Sulakchhyan Bharati and directed by Sirjana Adhikari. ‘Saledo’ will in on stage till 4th of Asar every day except on Mondays at 5pm. Sulakchhyan Bharati, Ankit Khadka, Kenipa Singh, Ingihopo Koinch Sunuwar, Anup Neupane, Milan Karki, Rohit Paudel, Aaryan Khadka are the artists working in the drama ‘Saledo’.
Theatre
कौशी नाटक घरमा ‘सिक रूम’

काठमाडौंको टेकुस्थित कथाघेराको कौशी नाटकघरमा नाटक ‘सिक रूम’ मञ्चन भइरहेको छ।
मानवीय सम्बन्धका जटिलता र आत्म-विनाशकारी प्रवृत्तिलाई उजागर गर्ने एउटा प्रेम कथा बोकेको नाटक ‘सिक रूम’ असार ६ गतेदेखि मञ्चन भइरहेको छ।
कथा घेराले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा मञ्चन सुरू गरेको यो नाटक राजीव जोसेफको ‘ग्रुसम प्लेग्राउन्ड इन्जुरिज’ को नेपाली रूपान्तरण हो।
नाटकलाई कलाकार तथा निर्देशक आकांक्षा कार्कीले निर्देशन गरेकी छन्। नाटकले कालिना र दिवासको कथा भन्छ, जहाँ विद्यालयबाट छुट्टिएका दुई प्रेमीहरू वर्षौको अन्तरालपछि फेरि भेट्छन् र चोट, हृदयविदारक पीडा तथा आत्म-विनाशकारी प्रवृत्तिसँग जुधिरहेका हुन्छन्। यसले उनीहरूको लुकेका असुरक्षा र घाउहरूलाई देखाउँछ।
नाटकमा नूर खनाल, अभिषेक खड्का, आकांक्षा कार्की र सुदाम सीकेले अभिनय गरेका छन्।
आगामी असार २८ सम्म नियमित मन्चन हुने नाटक ‘सिक रुम’ मंगलबारबाहेक हरेक दिन बेलुकी ५:१५ बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।
नाटकमा आत्म-हानि र चोटपटकका विषयवस्तुहरू पनि समावेश भएकाले ‘ट्रिगर वार्निङ’ दिइएको छ।














Feature
डल्ले खोला

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’को नियमित मञ्चन भईरहेको छ।
नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित नाटकलाई रंगकर्मी वेदना राईले परिकल्पना तथा निर्देशन गरेकी छिन्।
यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश गरिएको कथा हो।
नदीको कथामा बनेको ‘डल्ले खोला’ ले नदी/खोलाको नाममा भइरहेको विकृति र भ्रष्टाचारलाई प्रतिबिम्ब बनाएको निर्देशक राईले बताइन्।
‘नाटकमा नदी पानी मात्र होइन। यो स्मृति हो। विवेक हो। हामीले सुन्न बन्द गरेको आवाज हो।’ उनले भनिन्, ‘नाटकमा हामीले विकासको नाममा नदीमाथि राजनीतिज्ञहरूले गर्ने भ्रष्टाचारको प्रतिबिम्बलाई उजागर गरेका छौँ।’













#डल्लेखोला #DalleKhola #शिल्पीथिएटर #NepaliTheatre #TheatreForChange #नदीकोकथा #NepaliDrama #ParshuPradhan #VedanaRai #नाटक #सामाजिकसन्देश #EnvironmentAwareness #विकासविरोधीभ्रष्टाचार #SaveOurRivers #कला_द्वारा_सचेतना
Theatre
मण्डलामा ‘मञ्जिरा’

काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ।
नाटक मञ्जिरामार्फत अभिनेता सरोज खनाल ९ वर्षपछि रङ्गमञ्चमा फर्किएका छन्।
करिब ३० वटा नाटकमा अभिनय गरिसकेका अभिनेता खनालले विसं २०७३ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा व्यस्त भएका थिए।
द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा आधारित ‘मञ्जिरा’मा अभिनेता खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशाङ्क मैनालीको अभिनय छ।
सोमनाथ खनालको निर्देशनमा तयार भएको नाटक ‘मञ्जिरा’ मण्डला नाटकघरमा आगामी असार ८ गतेसम्म मञ्चन हुनेछ।
नाटकलाई निर्देशक खनाल र सन्देश घिमिरेले लेखेका हुन्।










#Manjira #Play #Mandalatheatre
-
Theatre2 weeks ago
कौशी नाटक घरमा ‘सिक रूम’
-
Feature3 weeks ago
डल्ले खोला
-
lifestyle3 weeks ago
गुरुङ जातीको एउटा मौलिक परम्परा
-
Feature2 weeks ago
ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)
-
entertainment4 weeks ago
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
-
entertainment2 weeks ago
मिस नेपाल २०२५ को आवेदन खुल्ला
-
entertainment5 days ago
पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ सार्वजनिक
-
Offbeat4 weeks ago
नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन