News

राष्ट्रिय खेलकुदको स्वागतमा सुर्खेतको रंगशाला

avatar
Street Nepal

An editor at streetnepal


  • October 24, 2026
  • 23 पटक पढिएको

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा निर्माण गरिएको आधुनिक रंगशाला दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वागतका लागि तयार छ।

१० हजार दर्शक क्षमताको यो रंगशाला प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको हो। प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गर्ने तयारी छ।

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदपछि दशौँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको थियो। पटक–पटक मिति सर्दै आएको प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्ने तय गरिएको छ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले ३२ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

रंगशाला तयार भएसँगै राष्ट्रिय खेलकुदको प्रतीक्षामा रहेको कर्णालीमा खेलकुद गतिविधि र उत्साह बढेको छ। अब सबैको चासो प्रतियोगिता निर्धारित मितिमै सञ्चालन हुने र कर्णालीले राष्ट्रिय खेलकुदको सफल आतिथ्य गर्नेमा छ।

Facebook Comments