Auto
सुरुङमार्गमा ‘फन रन एण्ड वाक २०२६
काठमाडौं–धादिङ जोड्ने नागढुंगा सुरुङमार्गमा शनिबार बिहान ‘नागढुंगा टनेल फन रन एण्ड वाक २०२६’ आयोजना गरिएको छ।
नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को सहकार्यमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई सुरुङमार्गभित्र दौडने र हिँड्ने विशेष अवसर प्रदान गरिएको हो।
सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवसर पारेर आयोजित कार्यक्रमले नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पूर्वाधार विकासमा भएको सहकार्यलाई उजागर गरेको छ।
कार्यक्रमस्थलमा नेपाल र जापानका राष्ट्रिय झण्डासहितको ब्यानर राखिएको थियो, जसले दुई देशबीचको दीर्घकालीन साझेदारीको सन्देश दिएको छ।











Auto
अब ट्राफिक नियम तोड्न सजिलो छैन!
काठमाडौंका सडकमा ट्राफिक प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। मुख्य सडक मात्रै होइन, भित्री गल्लीसम्म ट्राफिक प्रहरीको निगरानी विस्तार भएको छ।
लेन मिच्ने, रातो बत्ती उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने वा सडक अनुशासन विपरीत सवारी चलाउने चालकलाई तत्काल कारबाही भइरहेको छ। अझ सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा समेत नियम उल्लंघन गर्ने चालकलाई कानुनी दायरामा ल्याउन थालिएको छ।
दुर्घटना बढी हुने स्थान, समय र चालकको व्यवहारको विश्लेषण गर्दै ट्राफिक प्रहरी परिचालन गरिएकाले अहिले कारबाही अझ प्रभावकारी बनेको छ। काठमाडौं उपत्यकामा दैनिक करिब १,६०० ट्राफिक प्रहरी खटिने र औसत २,५०० सवारी साधन कारबाहीमा पर्ने गरेका छन्।
अब काठमाडौंका सडकमा नियम उल्लंघन गर्दा प्रहरीको नजरबाट बच्न झन् कठिन बन्दै गएको छ।





Auto
नेपालमा सार्वजनिक भयो नयाँ टिभीएस एन्ट्रोक १२५ रेस एक्सपी ब्लेज ब्लु
नेपालका लागि टिभिएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु स्कुटर सार्वजनिक गरेको छ।
कम्पनीले युवा राइडरहरूलाई लक्षित गर्दै नयाँ रङको संस्करण बजारमा ल्याएको जनाएको छ।
स्कुटर सार्वजनिक कार्यक्रम बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले स्कुटरको अनावरण गरेका थिए। कार्यक्रममा सञ्चारकर्मी, सामग्री सिर्जनाकर्ता, मोटरसाइकल ब्लगर, ग्राहक तथा टिभिएसका पारखीहरूको सहभागिता रहेको थियो।
कम्पनीका अनुसार नयाँ ब्लेज ब्लु संस्करणले एनटर्कलाई अझ आकर्षक र खेलाडी शैलीको बनाएको छ। ब्लेज ब्लु रङ, नयाँ चित्रांकन तथा आकर्षक डिजाइनका कारण यो स्कुटर युवा पुस्तामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।
दैनिक प्रयोगसँगै शैली र उत्कृष्ट प्रदर्शन खोज्ने राइडरलाई लक्षित गरेर यो स्कुटर ल्याइएको कम्पनीले जनाएको छ।
टिभिएस एनटर्क १२५ रेस एक्सपीमा १२५ सीसी इन्जिन, रेस तथा सडक राइडिङ मोड, स्मार्ट जडान प्रविधि, आवाजमार्फत सञ्चालन हुने सुविधा तथा डिजिटल जडानजस्ता आधुनिक विशेषताहरू उपलब्ध छन्।
कम्पनीका अनुसार यसले तीव्र गति लिन सक्ने क्षमता र सहज यात्राको अनुभव प्रदान गर्छ।
स्कुटरमा प्रतिलिटर ५० किलोमिटरसम्म परीक्षण गरिएको माइलेज तथा आजीवन वारेन्टी सुनिश्चितताको सुविधा पनि उपलब्ध छ। यी सुविधाले ग्राहकलाई इन्धन बचत, भरपर्दोपन र दीर्घकालीन स्वामित्वको विश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष दीपक रौनियारले टिभिएस एनटर्कले सधैं उत्कृष्ट प्रदर्शन, प्रविधि र आकर्षक शैलीलाई प्राथमिकता दिने युवा राइडरहरूको मन जित्दै आएको बताए। नयाँ ब्लेज ब्लु संस्करणले एनटर्कको पहिचानलाई थप मजबुत बनाउने उनको भनाइ थियो।
कम्पनीले देशभर रहेका आधिकारिक टिभिएस विक्रेतामार्फत नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु उपलब्ध हुने जनाएको छ। ग्राहकहरूले नजिकको शोरुममा पुगेर यसको मूल्य, उपलब्धता तथा अन्य सुविधाबारे जानकारी लिन सक्नेछन्।




Auto
सल्लाघारीमा अफरोडको रोमाञ्च: पहिलो पटक एक्सपल्स २१० को टेस्ट राइड
भक्तपुरको सल्लाघारी मैदानमा एड्भेन्चर बाइकप्रेमीहरूका लागि विशेष कार्यक्रम आयोजना गरिएको छ। सीजी मोटर्सले नयाँ Hero Xpulse 210 लाई केन्द्रमा राखेर “द फर्स्ट २१० एक्सपेरियन्स” कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा राइडर, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूले विशेष अफरोड ट्र्याकमा बाइक चलाएर यसको क्षमता परीक्षण गरेका थिए। उबडखाबड बाटो, माटो र चुनौतीपूर्ण मोडहरूमा बाइकको सस्पेन्सन, नियन्त्रण र प्रदर्शन अनुभव गर्ने अवसर सहभागीहरूले पाए।
कम्पनीका अनुसार एक्सपल्स २१० विशेष गरी सडकभन्दा बाहिरको यात्रा, एड्भेन्चर र नयाँ गन्तव्य खोज्न रुचाउने राइडरहरूलाई लक्षित गरेर तयार गरिएको हो।
नेपालमा बाइक किन्ने मात्र होइन, चलाएर अनुभव गर्ने संस्कृतिलाई बढावा दिन यस्तो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।




-
Art3 weeks agoरंगमञ्चमा स्यालसिंह
-
entertainment2 weeks agoकमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार
-
Auto4 weeks agoनेपालमा सार्वजनिक भयो नयाँ टिभीएस एन्ट्रोक १२५ रेस एक्सपी ब्लेज ब्लु
-
Art4 weeks agoद टेस्ट अफ सेलरोटी
-
Art3 weeks ago‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा
-
Art4 weeks agoऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)
-
entertainment3 weeks agoकाठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’
-
entertainment4 weeks agoनेपालकै पहिलो आर्क व्रिज


You must be logged in to post a comment Login