दशैँ मनाउन काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने यात्रुको चाप बढिरहेका बेला काठमाडौंको प्रमुख नाका नागढुंगा भने सुनसान देखिएको छ।
दशैँका लागि घर फर्किने यात्रुको चापका कारण उपत्यकाका विभिन्न नाकामा सवारीसाधनको लामो लाइन देखिए पनि नागढुंगामा भने पहिलेको जस्तो भीडभाड देखिँदैन।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै यस सडकखण्डमा आवागमन सहज भएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको पुरानो सडकमा सवारी चाप घटेको देखिन्छ।
दशैँका बेला गाउँ फर्किने सवारीसाधनको आवागमनसमेत अहिले सुरुङमार्गतर्फ केन्द्रित भएको छ।
