काठमाडौं । वर्षमा एक दिन मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा महानवमीका दिन भक्तजनको घुइँचो लागेको छ।
दसैंको महानवमीका अवसरमा तलेजु भवानीको दर्शन गर्न बिहानैदेखि भक्तजनहरू लामबद्ध भएका हुन्। तलेजु भवानीको दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका भक्तजनको भीडले हनुमानढोका क्षेत्र चहलपहलपूर्ण बनेको छ।
धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्रै सर्वसाधारणका लागि खुल्ने परम्परा छ। यही विशेष अवसरमा देवीको दर्शन गरी आशीर्वाद लिन भक्तजनहरू हनुमानढोका पुग्ने गर्छन्।
दसैंको नवमीमा तलेजु भवानीको दर्शन गर्न पाउनुलाई भक्तजनले विशेष धार्मिक अवसरका रूपमा लिने गरेका छन्।

