Feature

तोप चरा

Published

on

गर्मी छल्न तराईदेखि पहाड उक्लने तोपचरा यतिबेला आफ्नो बासस्थान बनाउन तल्लीन छन्। आफ्ना लागि बस्ने बासस्थान सुन्दर र कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई इन्जिनियर चरा पनि भन्ने गरिन्छ।

यतिबेला काठमाडौंका केही स्थानमा तोप चराका बान्कीपूर्ण गुँडहरू देख्न सकिन्छ। रुखका हाँगामा झुन्डिएका चित्ताकर्षक गुँडहरू टाढैबाट देख्न सकिन्छ।

भँगेरा वर्गमा पर्ने यो चराको भालेले पोथीलाई आकर्षण गर्नको निम्ति पनि मिहिनेतका साथ सुन्दर बासस्थान तयार पार्ने गर्छन्। गुँड मन परेन भने पोथी भित्रै पस्न मन नपराउने अध्येताहरू बताउँछन्। 

समूहमा हिँड्ने यो प्रजातिको यो चरामा भोलेहरूबीच गुँड बनाउने प्रतिस्पर्धा नै चल्छ।

काठमाडौंको बल्खु नजिकै हरियो घाँसहरू आफ्नो चुच्चोको साहाराले बटुलेर रूखको हाँगामा सुन्दर गुँड बनाउँदै गरेका केही दृष्य यहाँ प्रस्तुत गरिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version