Connect with us

Auto

हाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)

Published

on

काठमाडौँ, बैशाख १

काठमाडौंस्थित भृकुटीमण्डप मा यामाहाको ‘ब्लु फेस्ट’ कार्यक्रम जारी रहँदा अटोमोबाइल क्षेत्रमा विशेष रौनक देखिएको छ। यामाहा नेपालद्वारा आयोजित उक्त फेस्ट चैत २९ गतेदेखि सुरु भई वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा यामाहाले आफ्ना नयाँ हाइब्रिड स्कुटर र मोटरसाइकललाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरेको छ। नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल FZS हाइब्रिड र RayZR 125 हाइब्रिड स्कुटर प्रदर्शनीमा राखिएका छन्, जसले क्रमशः ६० र ७१.३३ किलोमिटर प्रति लिटर माइलेज दिने दाबी गरिएको छ। विशेषगरी स्कुटरमा ५ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइएको छ।

३० भन्दा बढी डिलरहरूको सहभागिता रहेको यस मेलामा ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गरेर नयाँ सवारी साधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। साथै टेस्ट ड्राइभको सुविधा पनि उपलब्ध छ।

ग्राहक आकर्षणका लागि कम्पनीले ५ लाख रुपैयाँसम्म क्यासब्याक, ५० प्रतिशत डाउन पेमेन्टमा सहज फाइनान्सिङ, र ४० महिनासम्मको इएमआई सुविधा जस्ता अफरहरू ल्याएको छ। ५० भन्दा बढी भ्यालुएटरमार्फत एक्सचेन्जमा राम्रो मूल्याङ्कनको व्यवस्था गरिएको छ।

मेलामा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश छन्। ७१.३३ सेकेन्डसम्म पुल-अप गर्ने चुनौतीसहित विशेष गिफ्ट ह्याम्पर, टिक-ट्याक-टो जस्ता खेलहरू, र गेम जोनहरू आगन्तुकका लागि आकर्षण बनेका छन्। यामाहाका भिन्टेज मोडलहरू RX100, Enduro र RX125 समेत प्रदर्शनीमा राखेर कम्पनीले आफ्नो लेगेसी झल्काउने प्रयास गरेको छ।

कार्यक्रमको पहिलो दिनमै करिब ५०० भन्दा बढी आगन्तुकको उपस्थिति रहेको थियो भने धेरै ग्राहकहरूले नयाँ बाइक तथा स्कुटर खरिद वा बुकिङ गरेका छन्।

यसका साथै नेपाली चलचित्रका अभिनेता तथा ब्रान्ड एम्बेसडर अनुपविक्रम शाही, ‘रोडीज’ का ग्याङ लिडरहरू तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय रेसरहरूसँग ‘मिट एण्ड ग्रिट’ सत्र पनि आयोजना गरिएको छ।

आगामी दिनमा ‘ओताकु जात्रा’ तथा कस्प्ले प्रदर्शनले मेलालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। पेट्रोलको मूल्य वृद्धि भइरहेका बेला बढी माइलेज दिने हाइब्रिड प्रविधिप्रति ग्राहकको आकर्षण बढ्दै गएको कम्पनीको विश्वास छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Auto

चांगनको नयाँ इलेक्ट्रिक एसयूभी ‘डिपल नेभो क्यू०५’

Published

on

स्ट्रीटनेपाल

नेपाली बजारमा चांगनको नयाँ विद्युतीय एसयूभी डिपल नेभो क्यू०५ सार्वजनिक भएको छ। एमएडब्लु वृद्धिले भित्र्याएको यो एसयूभीको मूल्य ४६ लाख ९९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ।

नेभो क्यू०५ को मुख्य आकर्षण यसको ४६२ किलोमिटरसम्मको घोषित रेन्ज हो। यसमा ५१.९ किलोवाट घण्टाको एलएफपी ब्याट्री र १२० किलोवाटको मोटर छ। यसले १६३ अश्वशक्ति र १९० न्यूटन मिटर टर्क उत्पादन गर्छ।

चार्जिङमा पनि यो एसयूभी अगाडि देखिन्छ। कम्पनीका अनुसार उपयुक्त द्रुत चार्जर प्रयोग गर्दा ३० देखि ८० प्रतिशतसम्म ब्याट्री करिब १५ मिनेटमै चार्ज गर्न सकिन्छ।

भित्र १४.६ इन्चको मुख्य डिस्प्ले, १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ र स्मार्टफोनबाट गाडी नियन्त्रण गर्न सकिने सुविधा छन्। ५४० डिग्री क्यामेरा र विभिन्न एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमले सुरक्षालाई थप बलियो बनाएका छन्।

४ हजार ४३५ मिलिमिटर लामो नेभो क्यू०५ मा १८ इन्चका अलोय ह्विल र ठूलो ग्लास रूफ दिइएको छ।

४६ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्य, ४६२ किलोमिटरसम्मको रेन्ज र फास्ट चार्जिङ क्षमताका कारण नेभो क्यू०५ नेपाली बजारमा बीवाईडी एट्टो ३ जस्ता विद्युतीय एसयूभीका लागि नयाँ प्रतिस्पर्धी बनेको छ।

Continue Reading

Auto

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो

Published

on

काठमाडौँको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो जारी छ।

एक्सपोमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल, स्कुटर, कार र एसयूभी प्रदर्शनमा राखिएका छन्। नयाँ मोडल र अत्याधुनिक प्रविधिका सवारी हेर्न दैनिक हजारौँ दर्शक एक्सपोमा पुगिरहेका छन्।

विशेषगरी विद्युतीय सवारीतर्फ दर्शकको आकर्षण बढी देखिएको छ। ब्याट्री क्षमता, रेन्ज, सुरक्षा फिचर्स र मूल्यबारे धेरैले जानकारी लिइरहेका छन्।

एक्सपोमा कम्पनीहरूले विशेष छुट, बुकिङ अफर र फाइनान्सको सुविधा पनि दिएका छन्।

Continue Reading

Auto

यामाहाको चर्चित XSR 155 नेपाल आउँदै, ‘रेट्रो’ लुक्सले बजारमा नयाँ प्रतिस्पर्धा थप्ने

Published

on

लामो समयदेखि नेपाली मोटरसाइकल पारखीहरूको प्रतीक्षामा रहेको यामाहा XSR 155 अब नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ। यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स (MAW Rides) ले सार्वजनिक गरेको टिजरले यो ‘नियो–रेट्रो’ मोटरसाइकलको आगमन अब धेरै टाढा नरहेको संकेत दिएको छ।

नेपाली बजारमा स्पोर्ट्स र नेकेड बाइकको लोकप्रियता बढिरहेका बेला XSR 155 ले भने फरक पहिचान बनाउन खोजेको छ। क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यो मोटरसाइकल विशेषगरी स्टाइल र प्रिमियम अनुभव खोज्ने युवा र राइडिङ पारखीलाई लक्षित गरिएको मानिन्छ।

बाइकमा गोलो एलईडी हेडलाइट, राउन्ड डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टक–एन्ड–रोल सिट र मस्कुलर फ्युल ट्याङ्की जस्ता डिजाइन एलिमेन्ट राखिएका छन्, जसले पुरानो र नयाँ शैलीलाई एकैसाथ प्रस्तुत गर्छ।

पर्फर्मेन्सका लागि यसमा R15 र MT-15 मा प्रयोग हुने १५५ सिसी VVA प्रविधियुक्त लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ। साथै डुअल–च्यानल ABS, असिस्ट एन्ड स्लिपर क्लच, ट्र्याक्सन कन्ट्रोल र USD फ्रन्ट फोर्क्स जस्ता आधुनिक फिचरले यसलाई आफ्नो सेग्मेन्टको आकर्षक विकल्प बनाउने अपेक्षा गरिएको छ।

कम्पनीले औपचारिक मूल्य र बिक्री मिति सार्वजनिक गरिसकेको छैन। तर, आगामी नाडा अटो शो वा चाडपर्व लक्षित गर्दै यसको बिक्री सुरु हुन सक्ने अनुमान गरिएको छ। नेपाली बजारमा यसको मूल्य करिब ५ लाख ३० हजारदेखि ५ लाख ६० हजार रुपैयाँको हाराहारीमा रहने चर्चा छ।

XSR 155 को आगमनसँगै नेपाली बजारमा ‘नियो–रेट्रो’ सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्किने र स्टाइल, प्रविधि तथा दैनिक प्रयोगलाई सन्तुलित रूपमा खोज्ने ग्राहकका लागि नयाँ विकल्प थपिने अपेक्षा गरिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com