Feature
ऋषि पञ्चमी
काठमाडौंसहित देशभरका ऋषेश्वर मन्दिरहरूमा आइतबार बिहानैदेखि भिड लागेको छ।
ऋषि पञ्चमीमा सप्तर्षीको पूजा आरधना गर्न बिहानैदेखि महिलाहरू मन्दिरमा पुग्छन्।
त्यसअघि नजिकको खोला, ताल, पोखरीमा गएर दतिउनले दाँत माझ्ने, गाईको गोबर र खरानीले स्नान गर्छन्।
स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
ऋषिपञ्चमीको दिन काठमाडौँमा टेकु, मूलपानी, गुह्वेश्वरी लगायतका स्थानमा श्रद्धालु महिला भक्तजनको भीड लाग्छ।
You must be logged in to post a comment Login