Feature

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

avatar
Street Nepal

An editor at streetnepal


  • November 3, 2026
  • 18 पटक पढिएको

सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ।

अभियानअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य छ। अभियानका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

सरकारले बालबालिकाको पोषण तथा स्वास्थ्य सुधारका लागि हरेक वर्ष कात्तिक र वैशाखमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ।

Facebook Comments