Feature

हैदरावाद हाउसमा बालेन–मोदीको संयुक्त पत्रकार सम्मेलन

avatar
Street Nepal

An editor at streetnepal


  • November 23, 2026
  • 12 पटक पढिएको

द्विपक्षीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका छन्। सो अवसरमा दुवै प्रधानमन्त्रीले धार्चुला र दार्चुलालाई जोड्ने मोटरेबल पुल तथा अयोध्यादेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने रेल सेवाको भर्चुअल उद्घाटन गरेका छन्।

त्यसैगरी, बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) स्थापना, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो खण्ड र झापामा तेल भण्डारण टर्मिनल निर्माणका साथै ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ| यसका अतिरिक्त, नेपाल र भारतबीच द्विपक्षीय सहकार्यलाई थप विस्तार तथा सुदृढ बनाउने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गरिएको छ।

तस्बिर : प्रवीण रानाभाट/नेपाल फोटो लाइब्रेरी

Facebook Comments