Feature
प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर
- November 23, 2026
- 7 पटक पढिएको
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा गार्ड अफ अनर प्रदान गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शाहलाई औपचारिक सम्मान दिइएको हो। त्यसअघि राष्ट्रपति भवनमा मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। गाडीबाट ओर्लिनेबित्तिकै मोदीले शाहलाई अंकमाल गर्दै स्वागत गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो।
तस्बिरहरु: प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी













