Connect with us

Feature

मनाइयो इन्द्रजात्रा(तस्विरहरु)

Published

on

यस बर्षको इन्द्रजात्रा मनाइएको छ ।

काठमाडौँको बसन्तपुरमा यसबर्षको इन्द्रजात्रा मनाइएको हो।

नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी मनाइने इन्द्रजात्रा वसन्तपुरमा मनाइएको छ।

नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल लगायतका भीभीआईपीहरू पुगेका थिए।

राष्ट्रपति पौडेलले जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्न बाध्य

Published

on

नेपाल फोटो लाइब्रेरी

त्रिशुलीको बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीयहरू नदी वारपार गर्न तुइनको भर पर्न थालेका छन्।

विदुर–१ इन्द्रायणी चौर र विदुर–९ कोलनी–गुम्बाडाँडा जोड्ने गरी भदौ १५ गते तुइन सञ्चालनमा ल्याइएको हो। अहिले यही तुइनबाट स्थानीयहरू ओहोरदोहोर गर्नुका साथै औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीसमेत वारपार गरिरहेका छन्।

देवीघाट बजार क्षेत्रमा पनि तुइन तयार पारिएको छ। बाढीले पुल र सडक सम्पर्क टुटेका क्षेत्रमा तत्काल आवतजावत सहज बनाउन बागमती प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा अन्य स्थानमा समेत तुइन निर्माण अघि बढाउने जनाएको छ।

Continue Reading

Feature

रसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री

Published

on

सुर्याम्स उप्रेती/नेपाल फोटो लाईब्रेरी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका छन्।

शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले बाढीमा घाइते भएकाहरूलाई भेटेका हुन्।

मन्त्री तिमिल्सिनाले घाइतेको उपचार अवस्था, अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्या र आवश्यकताबारे चिकित्सक तथा स्वास्थ्यकर्मीसँग जानकारी लिए।

उनले उपचारमा कुनै समस्या भए त्यसबारे आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Continue Reading

Feature

नुवाकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली

Published

on

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा प्रभावित नागरिकको अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोट पुगेका छन्।

ओलीले बाढी तथा नदी कटानबाट प्रभावित क्षेत्रको निरीक्षण गर्दै स्थानीयवासीसँग भेटघाट गरेका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com