Feature
मनाइयो इन्द्रजात्रा(तस्विरहरु)
यस बर्षको इन्द्रजात्रा मनाइएको छ ।
काठमाडौँको बसन्तपुरमा यसबर्षको इन्द्रजात्रा मनाइएको हो।
नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी मनाइने इन्द्रजात्रा वसन्तपुरमा मनाइएको छ।
नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल लगायतका भीभीआईपीहरू पुगेका थिए।
राष्ट्रपति पौडेलले जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।
You must be logged in to post a comment Login