Art
हिमालय आर्ट फेस्टिभल
नेपाल आर्ट काउन्सिलमा अहिले छैठौं हिमालय आर्ट फेस्टिभलमा नेपालका विभिन्न कलाकारहरूको थुप्रै कला प्रदर्शनीमा राखिएको छ। यो प्रदर्शनीमा इ-आर्ट नेपालले आयोजना गरेको हो।
भदौ ७ देखि सुरू भएको आर्ट महोत्सव भदौ १३ गतेसम्म चल्नेछ। यसपटकको महोत्सवमा वरिष्ठ कलाकार गोविन्द नारायण ज्यापूको विभिन्न योगदान र कलाकारिता रहेको इ-आर्ट नेपालका संस्थापक आशा डंगोलले जानकारी दिए।
उनका अनुसार महोत्सवको मुख्य पक्ष नेपाली कलाकारको योगदानलाई अगाडि ल्याउनु र सही मूल्य पहिचान गरी देखाउनु नै हो।
यस्तै, नेपालमा बसी कला गर्ने ८० कलाकारका कला प्रदर्शनीमा राखिएको छ।
इ-आर्ट नेपालका संस्थापक कलाकार आशा डंगोल भन्छन्, ‘छैठौं संस्करणसम्म आइपुग्दा हामी निकै खुसी छौं’, उनले भने, ‘नेपालमा रहेर कलाकारहरूको योगदानलाई महोत्सवको रूप दिएर काम गरिरहेका छौं।’
डंगोल स्वयं कलाकार भएकाले उनले आफ्नै कला प्रदर्शनमा राखेका छन्।
You must be logged in to post a comment Login