Auto
ललितपुरमा साझाका ५ ई–माइक्रोबस
काठमाडौं उपत्यकामा साझा यातायातले थप ५ वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ।
ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले किङलङ ब्रान्डका १६ सिट क्षमताका विद्युतीय माइक्रोबस खरिद गरेको हो।
नेपालका लागि किङलङको आधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार साझालाई यी ५ वटा माइक्रोबस हस्तान्तरण गरेको छ।
साझाका अनुसार यी माइक्रोबस ललितपुर महानगर क्षेत्रभित्रका विभिन्न रुटमा सञ्चालन गरिनेछन्।
रुट महानगरसँगको समन्वयमा टुंगो लगाइनेछ भने दशैंअघि नै सञ्चालनमा ल्याउने तयारी छ।
साझाले वातावरणमैत्री र किफायती सार्वजनिक यातायातलाई प्राथमिकता दिँदै आएको छ।
हाल साझाले काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ।
You must be logged in to post a comment Login