Offbeat

महाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग

Published

on

स्ट्रिटनेपाल

अन्तर्राष्ट्रिय तमु परिषद्ले तमु गुरुङ सञ्चारकर्मी संघ नेपाल र तमुस्यो ह्युलालाई महाधिवेशन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ।

बुधबार काठमाडौंस्थित तमु ह्युल छोंज धिंको केन्द्रीय कार्यालयमा परिषद्का कोषाध्यक्ष गङ्गा गुरुङले तमु गुरुङ सञ्चारकर्मी संघ नेपाललाई ३० हजार र तमुस्यो ह्युलालाई २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे।

परिषद्का पदाधिकारीहरूको बैठकले गरेको निर्णयअनुसार सहयोग गरिएको कोषाध्यक्ष गुरुङले बताए।

तमु गुरुङ सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महाधिवेशन असोज २ देखि ४ गतेसम्म कास्कीको सिक्लेसमा हुँदैछ। तमुस्यो ह्युलाको महाधिवेशन भने असोज १० र ११ गते काठमाडौंमा हुँदैछ।

यसैगरी, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तमु गुरुङ समुदाय तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णयसमेत परिषद्ले गरेको गुरुङले जानकारी दिए। त्यसका लागि विश्वभर रहेका तमु गुरुङ समुदायलाई एकजुट भएर सहयोगमा जुट्न आह्वान गरिएको उनले बताए।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version