News
नयाँदिल्लीमा प्रधानमन्त्री बालेन, स्वागतमा पुगे राज्यमन्त्री जितिन प्रसाद
- November 22, 2026
- 9 पटक पढिएको
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली पुगेका छन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। प्रधानमन्त्री शाहको बसाइ नयाँदिल्लीस्थित ताज होटलमा हुने तय भएको छ। आज साँझ उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। होटल ताजमै हुने भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।




नेपाल फोटो लाईब्रेरी
