News
घोप्टेभीरमा पहिरो रोकथामको काम सुरु, दैनिक पाँच घण्टा राजमार्ग बन्द
- November 21, 2026
- 21 पटक पढिएको
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा पहिरो रोकथामको काम सुरु गरिएको छ।
सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि जोखिमयुक्त भित्ता काट्ने तथा ढुंगा र माटो हटाउने काम थालिएको हो।
शनिबारदेखि सुरु भएको कामका लागि नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने भएको छ। काम नसकिएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म राजमार्गमा सवारी आवागमन रोकेर पहिरो रोकथामको काम गरिनेछ।
नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (मलेखु–मुग्लिन) का रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसिरहेका कारण जोखिम कम गर्न सडक बन्द गरेर काम गर्न लागिएको हो।






