Feature

इतिहास बोकेको अमरगढी किल्ला

डडेल्धुराको सदरमुकाम खलङ्गामा अवस्थित अमरगढी किल्ला नेपालको एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक धरोहर हो।

वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको यो किल्ला पश्चिम नेपालको सैन्य रणनीतिक आधारका रूपमा प्रयोग भएको थियो। ढुङ्गा, माटो र काठबाट निर्मित किल्लाभित्र सैनिक बस्ने गुफा, सुरुङमार्ग तथा प्राचीन अम्बेश्वर मन्दिर छन्।

किल्लाको प्रवेशद्वारमा २०८१ सालमा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिक राखिएको छ। ऐतिहासिक महत्त्व बोकेको यस किल्लाको पुनर्निर्माण, संरक्षण तथा प्रवर्द्धनका काम तीनै तहका सरकार र नेपाली सेनाको संयुक्त प्रयासमा भइरहेका छन्।

DCIM\105MEDIA\DJI_0690.JPG
DCIM\105MEDIA\DJI_0667.JPG
DCIM\105MEDIA\DJI_0696.JPG
DCIM\105MEDIA\DJI_0659.JPG

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Facebook Comments