Feature
भारतीय विदेशमन्त्री जयशंकरले भेटे प्रधानमन्त्री बालेन
- November 22, 2026
- 20 पटक पढिएको
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भेटवार्ता गरेका छन्।
नयाँदिल्लीस्थित ताजमहल होटलमा आइतबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
भेटका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा, खेलकुद (विशेषगरी क्रिकेट र फुटबल) तथा जनस्तरको सम्बन्धलगायत विषयमा विचार आदानप्रदान भएको थियो।
उनीहरूले नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरेका छन्।


