Site icon Street Nepal

काठमाडौंमा मौसमको ‘मुड’ फेरियो, कतै पानी त कतै असिना

बिहान घामको न्यानोमा खुलेको काठमाडौंको आकाश दिउँसो एकाएक फेरियो। केहीबेरमै कालो बादलले उपत्यकालाई ढाक्यो। त्यसपछि सुरु भयो मेघगर्जनसहितको वर्षा।

भाइटीका मनाउने चटारोमा रहेको काठमाडौं उपत्यकामा मौसमले पनि अप्रत्याशित रूप देखाएको छ। दिउँसो उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको छ भने केही ठाउँमा असिनासमेत परेको छ।

बिहानसम्म घमाइलो रहेको मौसम अचानक बदलिएपछि सडक, बस्ती र खुला आकाशको दृश्यसमेत फेरिएको छ। भाइटीकाका लागि आफन्तको घर जाने र टीका लगाएर फर्किनेहरूलाई अचानक परेको वर्षाले केही असहज बनाएको छ।

तिहारको अन्तिम दिन काठमाडौंको आकाशमा देखिएको यो बदलिँदो मौसमले पर्वको चहलपहलमा नयाँ दृश्य थपेको छ।

तस्बिरमा हेर्नुहोस्, भाइटीकाको दिन अचानक बदलिएको काठमाडौंको आकाश र वर्षाको दृश्य।

Exit mobile version